Comments Add Comment

एसिड पीडित मुस्कानसँग राजेश हमालले गरे भेट

हमालले भने - डाक्टर बन्नुपर्छ

एसिड आक्रमणपछि उपचार गराइरहेको वीरगञ्जकी मुस्कान खातुनलाई सोमबार अभिनेता राजेश हमालले भेटेका छन् । कीर्तिपुर अस्पतालमै पुगेर हमालले मुस्कानलाई भेटेका हुन् । मुस्कानको अवस्था देखेर राजेश हमाल एक छिन भावविह्वल भए ।

अभिनेता हमालले अहिलेजस्तो पीडा फेरि भोग्न नपर्ने  भनी सान्वना दिँदै छिट्टै घर फर्किन मिल्ने आश्वासन समेत दिएका थिए । आफूलाई भेट्न आएका राजेशलाई देखेर मुस्कान पनि खुशी देखिएकी थिइन् ।

भेटमा राजेशले मुस्कानलाई भविष्यमा के बन्न मन छ भन्ने प्रश्न गरेका थिए । उत्तरमा मुस्कानले डाक्टर बन्न मन लागेको बताएकी थिइन् । राजेशले शुभकामनासहित भने–‘ म यहीँ उमेरमा कलाकार बन्छु भनेर हिडेको थिएँ । आज कलाकार भएँ । तिमी पनि भविष्यमा राम्रो डाक्टर बन्नु पर्छ ।’

यो पनि पढ्नुहोस मुस्कानको मुहारमा मुस्कान ल्याउनेहरु ….

मुस्कानको अनुहारमा मुस्कान छर्नको लागि देश तथा विदेशका कलाकारहरुले निकै उत्साह थपिरहेका छन् । बलिउडका धेरै कलाकारहरुले मुस्कानको विषयमा भिडियो सन्देश पठाएका छन् भने नेपाली कलाकारहरुले पनि अस्पतालसम्मै पुगेर मुस्कानसँग कुरा गरिरहेका छन् ।

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment