+
+

ओमानमा ‘ए मेरो हजुर ३’को प्रिमियर हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २८ गते १४:३१

नेपालमा सुपरहिटको व्यापार गरेको चलचित्र ‘ए मेरो हजुर ३’को ओमान प्रिमियर हुने भएको छ । अक्टुबर १८ मा यो चलचित्रको प्रिमियर हुन लागेको जानकारी निर्देशक झरना थापाले दिएकी छिन् ।
झरना केही महिना अगाडि मात्र विश्वका विभिन्न देशमा चलचित्रको प्रदर्शनका लागि पुगेकी थिइन् ।

ओमानको लुनार सिनेमा, एल क्यूरममा यो चलचित्रको प्रिमियर हुन लागेको हो । चलचित्रको ओमान प्रिमियरमा सहभागी हुन निर्देशक झरना थापा, निर्माता सुनिल कुमार थापा नेपालबाट ओमान पुग्दैछन् ।

यस्तै, चलचित्रकी नायिका सुहाना थापा पनि अमेरिकाबाट ओमान पुग्ने बताइएको छ । नेपालबाटै राम्रै रकम कमाई भएको यो चलचित्रको विश्व बजारबाट पनि राम्रो रकम निर्माताको हातमा परेको छ ।

अनमोल केसी, सुहाना थापा अभिनित यो चलचित्रले प्रेम र संगीतको कथा भन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?