Comments Add Comment

‘राधे’मा सलमानको जोडी दिशा ?

बलिउडमा नायक सलमान खान हरेक बर्षको इदमा नयाँ चलचित्र लिएर दर्शकमाझ आउँछन् । यसैले, सन् २०२० का लागि पनि उनी तयार छन् । यो बर्ष उनी अभिनित चलचित्र ‘भारत’ इदमा रिलिज भएको थियो । तर, यो चलचित्रले अपेक्षित व्यापार भने गर्न सकेन ।

उनै, सलमानले प्रभुदेवाको निर्देशनमा तयार भएको चलचित्र ‘राधेः दि मस्ट वान्टेड’मा काम गर्दैछन् । सलमान अभिनित चलचित्र ‘दबंग ३’ क्रिसमसमा रिलिज हुँदैछ । चलचित्र ‘राधे’मा नायिका को हुने भन्ने बिषयमा लामो समयदेखि चर्चा पनि चलिरहेको थियो । तर, चलचित्रका लागि नायिका फाइनल गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । भारतीय मिडियाका अनुसार, चलचित्रका लागि नायिका दिशा पटानी फाइनल गरिएको छ ।

दिशाले सलमानसँग यसैबर्ष रिलिज भएको चलचित्र ‘भारत’मा काम गरेकी थिइन् । तर, यो चलचित्रमा उनी लिड भूमिकामा भने थिइनन् । सलमानसँग दिशाले स्क्रिन शेयर गर्दा दिशाको करिअरका लागि ठूलै फाइदा मिल्नेछ । दर्शकका लागि पनि फेरि एकपटक सलमान र दिशाको जोडी विशेष हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment