Comments Add Comment

नेपाल आयो हिरोको बहुप्रतिक्षित बाइक ‘एक्सपल्स २००’

२८ असोज, काठमाडौं । हिरोले नेपाली बजारमा फेरि अर्को सशक्त बाइकलाई सार्वजनिक गरेको छ । २०० सीसीको निकै प्रतिस्पर्धात्मक सेगमेन्टमा हिरोले बहुप्रतिक्षित डर्ब बाइक ‘एक्सपल्स-२००’लाई नेपाल ल्याएको हो ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल नजरल मार्केटिङदे यो बाइक सार्वजनिक गर्यो । यो प्रिमियमस्तरको एड्भेन्चर बाइक हो, जुन नेपाली सडकका लागि सबैभन्दा सहज र सुरक्षित मानिन्छ । यसको च्यासिस डायमन्ड टाइप हो ।

युवापुस्ताको सहज र भरपर्दो विकल्पका रुपमा बजारमा यो बाइक उपलब्ध गराइएको हो । अत्याधुनिक फिचरहरु समावेश रहेको यो बाइकलाई नयाँ जमानाको स्टाइलिस र स्ट्रोङ  बाइकका रुपमा अघि सारिएको छ ।

सस्तो मूल्यमा नै शानदार बाइक चढ्न चाहानेहरुलाई एक्सपल्स-२००को विकल्प भेट्न मुस्किल पर्ने देखिएको छ । यो बाइक रोमाञ्चक र सुरक्षित यात्राको सबैभन्दा भरपर्दो सारथि बन्न सक्ने देखिन्छ ।

आहा ! लुक्स

‘एक्सपल्स-२००को ओभरअल लुक्स र फिचर्सलाई हेर्दा यो बाइक नेपाली बजारको बलियो प्रतिस्पर्धी बन्न सक्ने देखिन्छ ।

हालको युवा पुस्ताले धेरै रुचाएको लुक्स र फिचर्ससहित आएकाले यो बाइकले नेपाली बजारमा आउनासाथै धेरैको मन जित्ने अपेक्षा गरिएको छ ।

यो अघि, पछि वा साइडबाट हेर्दा स्पोर्टी मात्रै हैन, स्मार्ट र युनिक पनि देखिन्छ । ‘एक्सपल्स-२०’ को फ्रन्ट र रेयर भ्यू नै बजारका लागि नयाँ चुनौति बनेर पेश भएको छ ।

हिरोको बाइक नचढेकाहरुलाई पनि यसले एकपटक तान्नेछ । किनभने दमदार लुक्स, अविश्वसनीय माइलेज र प्रतिस्पर्धात्मक मूल्यले एकपटक बाइक चढ्नेहरुलाई अन्य विकल्पबारे सोच्नबाट रोक्न सक्छ ।

एउटा प्रिमियम बाइकमा हुने सबै किसिमका फिचर्स लोड भएकाले यसले नेपाली युवापुस्ता ‘एक्सपल्स-२००’ मा अझ आकषिर्त गर्नेछ । यसलाई ग्राफिकले सजाइएको छ ।

गज्जबको पर्फर्मेन्स

नेपाली युवाले यो बाइकलाई लामो समयदेखि प्रतीक्षा गरिरहेका थिए । यो बाइकको इन्जिन निकै शक्तिशाली छ ।

‘एयर कुल्ड’सहित ४ स्ट्रोक र २ भल्भ सिंगल सिलिन्डर ओएचसी इन्जिनले यो बाइकको रोड पर्फरमेन्सलाई दमदार बनाएको छ । यसले ८००० आरपीएममा १८.४ पीएस र ६५०० आरपीएममा १७.१ एनएम टर्क जेनेरेट गर्छ ।

यसमा सीभी कर्बुनेटर फ्युल सिस्टम छ । यसमा सेल्फ र किक दुबै स्टार्टको विकल्प दिइएको छ । यसमा प्रभावशाली एयर फिल्टर प्रणाली पनि जोडिएको छ ।

यसमा मल्टी प्लेट वेक क्लच छ । ५ स्पीडको गेयरबक्स छ । फ्युल इन्जेक्सन सिस्टम छ ।

यो बाइकले अफरोडमा मात्रै हैन, राजमार्गमा पनि गज्जबको पर्फर्मेन्समार्फत यसले जादु नै छर्न सक्छ ।

आरामदायक बाइक

‘एक्सपल्स-२००’को यात्रा आरामदायी हुन्छ । किनभने यसको फ्रन्टमा ३७ एमएमको डाई वाला टेलिस्कोपिक र गज्जबको सस्पेन्स सिस्टम छ । जसमा १० स्टेप राइडर एड्जस्टेबल मोनोसक सस्पेन्सन छ ।

यो बाइक अगाडि डिस्क ब्रेक छ । यसमा सिंगल च्यानल एबीएस छ । त्यसैगरी पछाडि पनि डिस्क ब्रेक छ । यसमा डिजिटल कन्सोल छ ।

‘एक्सपल्स-२००’मा अघि पछि बलियो टायर छ । यसमा चार्जिङ पोइन्ट पनि छ ।

विशेषतायुक्त

यसमा डिजिटल स्पीडोमिटर, टेकोमिटर, ओडोमिटर, र ट्रिपमिटर छ । बाइकमा फूल एलईडी हेड ल्याम्प जोडिएको छ ।

यो बाइक अफरोडमा पनि निकै सजिलोसँग चलाउन सकिन्छ । २२० एमएमको ग्राउन्ड क्लेयरेन्स छ ।

यो बाइकमा १४१२ एमएमको ह्वील बेस छ । सिटको हाईट ८२३ एमएम छ । कुल उचाइ १२५७ एमएम छ ।

यो बाइकको तौल १५३ केजी छ । १३ लिटरको फ्युल ट्यांक छ ।

‘एक्सपल्स-२००’मा स्मार्टफोन कनेक्टिभिटीको सुविधा छ । यसमा नेभिगेसन सुविधा पनि छ ।

‘एक्सपल्स-२००’ स्पोर्ट विभिन्न तीन वटा रंगमा उपलब्ध छ । यति धेरै विशेषतायुक्त बाइकको मूल्य करिब ३ लाख ८५ हजार तोकिएको छ ।

कम्पनीले यो बाइक किननेलाई विभिन्न आकर्षक अफरहरु पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment