Comments Add Comment

कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

२९ असोज, कैलाली । कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट बुधबार एक वृद्धको मृत्यु भएको छ ।

शुक्लाफाँटा नगरपालिका-१ गणेशपुरका ७० वर्षीय बलदेव बोहराको जंगलमा बाख्रा चराउन गएको बेला हात्तीले आक्रमण गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय सिद्ध–बैद्यनाथ सामुदायिक वनमा बाख्रा चराउन जाँदा उनी हात्तीको आक्रमणमा परेका थिए ।

हात्तीले आक्रमण गर्दा भागेका अर्का स्थानीयको अवस्था अझैसम्म खुल्न नसकेको वडा अध्यक्ष हरि बिष्टले जानकारी दिए । बेपत्ता व्यक्तिको खोजीका लागि स्थानीयसँगै प्रहरी जंगलतर्फको गएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment