Comments Add Comment

पाल्पाली लिजेण्ड्स तिलात्तमा गोल्डकपको सेमिफाइनलमा

२९ असोज, बुटवल । सुबेन्दु पाण्डे र निर्मल थापाको १ सय १८ रनको साझेदारीको सहायताले पाल्पाली लिजेन्डसले रुपन्देहीको तिलोत्तमामा जारी तिलोत्तमा प्रिमियर लिग क्रिकेटमा सेमिफाइनलमा पुगेको छ । लिग चरणका ४ खेलमध्ये ३ खेलमा विजयी हुँदै सेमिफाइनल पुगेको हो ।

प्रतियोगिताको बुधबार सम्पन्न खेलमा पाल्पाली लिजेण्ड्सले एक्सपर्ट रोयल शंकरनगरलाई ७ विकेटले पराजित गरेको हो । शंकरनगरले दिएको १ सय ५२ रनको लक्ष्य पाल्पाली लिजेन्ड्सले अन्तिम ओभरको पहिलो बलमा ३ विकेटको क्षतिमा पूरा गरेको थियो ।

यसअघि ब्याटिङ गरेको शंकरनगरका लागि रोहितकुमार पौडेलले सर्वाधिक ८५ रनको यागदान गर्दै विपक्षीको २ विकेट लिन सफल भएका थिए ।

प्रतियोगितामा पाल्पालीका सुबेन्दु पाण्डे म्यानअफ द म्याच र निर्मल थापा मोस्ट भ्यालुएबल प्लेयर बन्न सफल भए । यसअघि बुधबारको पहिलो खेलमा रेन्बो ज्ञानोदय गोल्डस् विजयी भएको छ । प्रतियोगितामा प्रदेश ५ का १० टिम सहभागी छन् । विजेताले ४ लाख र उपविजेताले २ लाख नगद पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment