Comments Add Comment

केकीको खुशीः ‘दमदार भूमिका, फिल्मको सफलता’

नायिका केकी अधिकारीको अनुहारमा हिजोआज देखिएको खुशीले नयाँ खालको चित्र बर्णन गर्छ । केकीको अनुहारमा छल्किएको खुशी उनका लागि विशेष छ । शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘छ माया छपक्कै’ बक्स अफिसमा चम्किएपछि केकी अधिकारीका लागि ठूलो राहत मिलेको छ ।

हुनत, यो चलचित्रमा केकी अधिकारी नभएको भए पनि यसको व्यापारमा खासै फरक पर्ने थिएन । तर, चलचित्रको व्यापारिक सफलताले मात्र होइन, आफूले पाएको दमदार भूमिकामा दमदार अभिनयका कारण पनि केकी अधिकारी खुशी हुने ठाउँ छ ।

करिअरमा लामो समयदेखि एउटा पनि व्यापारिक हिट चलचित्र दिन नसकेकी नायिकाले यसपटक भने दिपकराज गिरी र उनको टिमसँग सहकार्य गर्दा ठूलै राहत महशुश गरिरहेकी छिन् ।

चलचित्रमा नर्सको भूमिकामा देखिएपनि केकीको सोचमा विद्रोह देखिन्छ । उनको विद्रोहमा राजनीतिप्रतिको वितृष्णा छ । तर, उनी परिवर्तनका लागि जनस्तरबाट नै विद्रोह आवश्यक छ भन्ने सोच राख्छिन् ।
चलचित्रमा उनले कतै प्रेमिका बनेर रोमान्स गरेकी छिन् भने कतै बहिनी बनेर आफ्नै दाजुसँग विद्रोह पनि गरेकी छिन् ।

केकीलाई दिइएको भूमिका उनले गज्जबले निर्वाहा गरेकी छिन् । हुनत, ‘छ माया छपक्कै’ले केकीको आगामी करिअर छपक्कै फरक पार्छ भन्ने त होइन । यसका लागि केकीले आफ्नो गुम्दै गएको क्रेजलाई बचाउन आवश्यक छ । तर, करिअरमा उनलाई लाग्दै आएको असफल नायिकाको ट्याग भने अब एक हदसम्म हटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment