+
+
Shares

किन चल्दैछ ‘डिलिट फेसबुक’ अभियान ?

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ३० गते १२:०४

अहिले सोसल मिडियामा फेसबुक हटाउ अर्थात् deletfacebook ह्यासग्यास ट्रेण्डिङ भैरहेको छ ।

फेसबुक सिइओ मार्क जुकरबर्गले अमेरिकी कन्जरभेटिभ राजनीतिज्ञ तथा दक्षिणपन्थी टिप्पणीकारहरुसँग अनौपचारिक रात्रिभोजसहितको बैठक गरेको खुलासा भएसँगै फेसबुकविरुद्ध अभियान छेडिएको हो ।

समाचार साइट पोलिटिकोका अनुसार गत जुलाइबाट जुकरबर्गले यस्ता बैठक गर्दै आएका छन् ।

तर जुकरबर्गले भने आफूले सार्वजनिक जीवनका थुप्रै व्यक्तिहरुसँग डिनर गरेको भन्दै यो सामान्य प्रक्रिया भएको फेसबुक पोष्टमा उल्लेख गरेका छन् ।

विभिन्न खाले धारणाहरु सुन्नु भनेको सिकाइकै एउटा पाटो भएको भन्दै उनले यसको अनुभव गर्न समेत आह्वान गरेका छन् ।

समाचार साइट पोलिटिकोले भने दक्षिणपन्थीहरुसँग मित्रताको प्रयासका रुपमा यी बैठकहरु भएको दाबी गरेको छ ।

स्मरण रहोस् सातजना दक्षिणपन्थी टिप्पणीकारहरुलाई फेसबुकमा प्रतिबन्ध लगाएसँगै अमेरिकी राष्ट्रपति ट्रम्पले फेसबुकमाथि सेन्सरसिप गरेको आरोप लगाएका थिए ।

जुकरबर्गको डिनर मिटिङको पछिल्लो समाचारसँगै सोसल मिडियामा चलेको deletfacebook ह्यासट्यागमार्फत मानिसहरुले फेसबुकका बारेमा आफ्नो धारणा राखिरहेका छन् । जसमा नकारात्मक सामाग्रीहरु हटाउन असफल भएकोदेखि गलत सूचना फैलिनबाट रोक्न नसकेको सम्मका प्रतिक्रियाहरु समेत रहेका छन् ।

फेसबुक हटाउ अभियानको ह्यासट्याग ट्विटरमा ट्रेण्डिङ बनिरहेको छ ।

ट्रम्प समर्थकले भने कन्जरभेटिभ राजनीतिज्ञहरुसँग जुकरबर्गले भेट गरी फेसबुकलाई पूर्वाग्रहमुक्त बनाउने प्रयास गरेको दाबी गरेका छन् ।

स्मरण रहोस् यसअघि सन् २०१८ को मार्चमा पनि डिलिट फेसबुक ह्यासग्यास सुरु भएको थियो । क्याम्ब्रिज एनालिटिका डाटा दुरुपयोग काण्ड पछि प्रयोगकर्ताहरुले फेसबुक डिलिट गर अभियान चलाएका थिए । यसको अगुवाई ह्वाट्सएपका संस्थापक ब्रायन एक्टनले गरेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?