+
+

पक्राउ परेका विप्लवका नेता-कार्यकर्ताको फोटो खिच्न निषेध !

पक्राउको सूचना दिन पनि प्रहरीले मानेन

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ३० गते १३:५६

३० असोज, घोराही । दाङबाट पक्राउ परेका विप्लव समूहका नेता-कार्यकर्ताहरुको फोटो खिच्न प्रहरीले रोक लगाएको छ । साथै पक्राउ परेकाहरुको नामावली पनि औपचारिक रुपमा प्रहरीले सार्वजनिक गर्न मानेको छैन ।

जिल्ला प्रहरी कार्यालय दाङ, लमही र गढवाको संयुक्त टोलीले बुधबार नेपाल-भारत सीमानाको जंगलबाट २१ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा विप्लव समूहका मध्यपश्चिम कमाण्ड इञ्चार्ज चन्द्रबहादुर चन्द (बीरजंग), राप्ती व्युरो इञ्चार्ज केशबहादुर बाँठा (सुवास), युवा संगठनका इञ्चार्ज बबिन केसी (पल्टन जंगली)लगायत छन् ।

राजपुर गाउँपालिका-४ मरेठाको जंगलबाट पक्राउ परेका उनीहरुलाई बिहीबार बिहान गाडीमार्फत् गढवा हुँदै घोराही ल्याइएको छ ।

उनीहरुको फोटो खिच्न र सूचना संकलन गर्न भन्दै बिहानैदेखि पत्रकारहरु जिल्ला प्रहरी कार्यालय अगाडि कुरेर बसेका थिए । तर, प्रहरीले उनीहरु सवार गाडी पछाडिको अर्को ढोकाबाट प्रवेश गराएको थियो ।

डिआईजी सुरेश विक्रम शाह आफैं जिल्ला प्रहरी कार्यालय घोराही आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?