Comments Add Comment

टी-२० विश्वकप छनोट भोलिदेखि

३० असोज, काठमाडौं । यूएईमा भोलिदेखि टी-२० विश्वकप छनोट छनोट प्रतियोगिता सुरु हुँदैछ ।

विश्वकप छनोटमा आयोजक यूएईसँगै १४ राष्ट्र रहेका छन् । समूह ‘ए’ मा स्कटल्यान्ड, बर्मुडा, केन्या, नामिविया, नेदरल्यान्ड्स, पपुवा न्युगिनी र सिंगापुर रहेका छन् । त्यस्तै, समूह ‘बी’ मा आयोजक यूएईसँगै हङकङ, ओमान, आयरल्यान्ड, क्यानाडा, जर्सी र नाइजेरिया रहेका छन् ।

प्रतियोगिताको पहिलो दिन शुक्रबार चार खेल हुदैछन् । उद्घाटन खेलमा स्कटल्यान्डले सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, समूह ‘ए’ कै अर्को खेलमा नेदरल्यान्ड्सले केन्याको सामना गर्दैछ ।

समूह ‘बी’ को दुई खेलमा हङकङले टेष्ट नेशन आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दा आयोजक यूएईले ओमानसँग प्रतिस्पर्धा गर्नेछ ।

शीर्ष ६ टिमले विश्वकप खेल्ने

आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिता सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुँदैछ । विश्वकपका लागि १० टिमले यसअघि नै स्थान बनाइसकेका छन् भने यो विश्वकप छनोट प्रतियोगिताबाट ६ टिम गरी कुल १६ राष्ट्रले विश्वकप खेल्ने छन् ।

विश्वकपमा पनि दुई वटा चरणहरु छन् । पहिलो राउण्डमा विश्वकप छनोटबाट गएका ६ राष्ट्र र श्रीलंका तथा बंगलादेश गरी आठ राष्ठले दुई समूहमा बाँडिएर प्रतिस्पर्धा गर्नेछन् ।

पहिलो राउण्डमा श्रीलंका समूह ‘ए’ मा रहेको छ भने बंगलादेश समूह ‘बी’ मा रहेको छ ।

विश्वकपको पहिलो चरणबाट समूह ‘ए’ र ‘बी’ को समान शीर्ष दुई गरी चार टिम सुपर-१२ मा पुग्नेछ । जसलाई विश्वकपको दोस्रो चरण अर्थात सुपर-१२ भनिन्छ ।
यहाँ आयोजक अष्ट्रेलिया, पाकिस्तान, इंग्ल्यान्ड, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, वेष्ट इन्डिज र भारत सहभागी हुने छन् ।

सुपर ओभरलाई पनि दुई समूहमा विभाजन गरिएको छ । जहाँ समूह ‘ए’ मा आयोजक अष्ट्रेलियासँगै, पाकिस्तान, न्युजिल्यान्ड र वेष्ट इन्डिज रहेका छन् । अब यो समूहमा पहिलो चरणबाट छनोट भएर आएका दुई टिम हुनेछन् ।

समूह ‘बी’ मा इंग्ल्यान्ड, अफगानिस्तान, दक्षिण अफ्रिका र भारत रहेका छन् । यो समूहमा पनि विश्वकपको पहिलो चरणबाट छनोट भएर आएका दुई वटा टिम सामेल हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment