+
+
Shares

मोरङको हर्कपुरमा आगलागी हुँदा एक घरमा क्षति

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ३० गते १६:१५

३० असोज, काठमाडौं । मोरङको धनपालथान गाउँपालिका-४ हर्कपुरस्थित एक घरमा बिहीबार आगलागी भएको छ ।

हर्कपुरका बैजु ऋषिदेवको टिनको छाना भएको १ तलेको २ कोठे घरमा विधुत सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट ऋषिदेवको घरमा भण्डारण गरी राखेको अन्नपात, लत्ताकपडा, भाडावर्तन लगायतका सामाग्रीमा क्षति पुग्दा करिब ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रहरी र स्थानियबासीको सक्रियतामा डेढ घण्टापछि आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?