+

ज्योतिको अर्धशतकमा विराटनगरको विजयी सुरुआत

२०७६ असोज  ३० गते १७:०५ २०७६ असोज ३० गते १७:०५
ज्योतिको अर्धशतकमा विराटनगरको विजयी सुरुआत

३० असोज, काठमाडौं । विराटनगर टाइटन्सले महिला च्याम्पियन्स लिग क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको आफ्नो पहिलो खेलमा विराटनगरले ललितपुर फाल्कोन्सलाई चार विकेटले पराजित गरेको हो । १२३ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको विराटनगरले १६ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेटायो ।

विराटनगरका लागि ज्योति पाण्डेले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टिमलाई जिततर्फ डोर्‍याइन् । उनले ४३ बलमा १० चौका र एक छक्का प्रहार गर्दै ६५ रन बनाइन् । त्यस्तै, सोनु खड्काले २४ रनको योगदान दिइन् ।

ज्योति र सोनुले पहिलो विकेटका लागि ८३ रनको साझेदारी गरेपछि विराटनगरको जीत सम्भव भएको हो । त्यस्तै, अस्मिना कर्माचार्य १२ रनमा अविजीत रहिन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १२२ रन बनाएको थियो ।

ललितपुरका लागि ममता चौधरीले २८, करुणा भण्डारीले २१, कृति सेन र सम्झना खड्काले समान १३-१३ रन बनाइन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय