+
+

बालिका बलात्कारका ७ आरोपित सुर्खेतबाट पक्राउ

रासस रासस
२०७६ कात्तिक १ गते ९:५१

१ कात्तिक, सुर्खेत । वीरेन्दन्द्रनगरकी १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–३ का २३ वर्षीय लालबहादुर रावत, १९ वर्षीय महेश हमाल, १९ वर्षीय तर्क रिजाल, १८ वर्षीय सुदीप खड्का, वडा नं ४ का २३ वर्षीय धनबहादुर खत्री, बराहताल गाउँपालिका–२ का २३ वर्षीय रोशन वली र २१ वर्षीय नरेश बुढा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।

पीडित बालिकाले आइतबार दिएको जाहेरीका आधारमा प्रहरीले आरोपी सबैलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको हो । जिल्ला प्रहरी कार्यालयले आरोपीलाई हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालतबाट १० दिनको लागि म्याद थप गरिसकेको छ ।

ती बालिकाले प्रहरीलाई दिएको जाहेरीमा आफूलाई उनीहरुले पालैपालो असोज १५, १६ र २३ गते एकपटक चार जनाले र अर्कोपटक दुई जनाले करणी गरेको उल्लेख छ । जाहेरी परेलगत्तै आवश्यक प्रमाण सङ्कलन र आरोपीलाई पक्राउ गरी अनुसन्धान थालिएको रावलले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?