Comments Add Comment

हार्ट बाइपास सर्जरी : कसरी गरिन्छ ?

हृदय सम्बन्धी अनेक रोग लाग्न सक्छ । हृदय रोगबाट छुटकारा पाउने विधी पनि अनेक छन् । कतिपय अवस्थामा स्वास्थ्य दिनचर्या  र खानपान अपनाएर हृदय रोगको जटिलताबाट बच्न सकिन्छ भने कतिपय अवस्थामा चिकित्सा विधीबाट यसको उपचार खोज्नुपर्ने हुन्छ । औषधी सेवन, शल्यक्रिया आदि यसका विधी हुन् । यस्तै उपचार विधीमध्ये एक हो, हार्ट बाईपास सर्जरी ।

यो एक जटिल प्रक्रिया हो । हार्ट बाइपास सर्जरी के हो त ? कसरी गरिन्छ ? के यसले रोगीको ज्यान बचाउन सकिन्छ ?

हार्ट बाइपास सर्जरी के हो र किन गरिन्छ ?

हृदयमा रगत पुर्‍याउने धमनीमा बोसो जम्न थालेपछि त्यसमा अवरोध पैदा हुन्छ । यस अवरोधलाई विभिन्न उपचारबाट हटाउने कोशिश गरिन्छ । यद्यपि जब यो अवरोध जमेर ठोस हुन्छ, तब यसको उपचार सहज हुँदैन । यसका लागि एकमात्र अन्तिम विकल्प भनेको बाइपास सर्जरी हो । यसका लागि छातीको बीचको हड्डी चिरा पारेर त्यहीबाट मुटुको लागि अवरोध हटाउने प्रयास गरिन्छ ।

हार्ट बाइपास सर्जरीको पुरा प्रक्रिया के हो ?

मुटुको धमनीमा जम्मा भएको बोसोले ठोस रुप लिएर अवरोध पुर्‍याएपछि हार्ट बाइपास सर्जरी गरिन्छ । यस किसिमको सर्जरी गर्नका लागि ३ देखि ६ घण्टाको समय लाग्छ । यसका लागि रोगीलाई बेहोस बनाएर छातीको बीचको हड्डीमा सर्जरी गरेर अवरोध हटाइन्छ, जसले मुटुमा रक्तप्रवाह सही ढंगले हुन सक्छ । शल्यक्रियापछि रोगीलाई आईसीयूमा करिब एक हप्ता राखिन्छ । यस क्रममा उनको रक्तचाप, हृदय गति आदि निगरानी गरिन्छ ।

हृदयको बाईपास सर्जरी कति प्रकारको हुन्छ ?

रगत अवरोध भएको धमनीको संख्या र स्थितिको गंभिरता हेरेर निम्न प्रकारको सर्जरी गरिन्छ ।

१. सिंगल बाईपास

२. डबल बाईपास

३. टि्रपल बाईपास

४. क्वाड्रोपल बाईपास

सर्जरीअघि रोगीलाई के गर्नुपर्छ ?

यो सर्जरी अलि जोखिमपूर्ण भएकाले सर्जरीअघि केही परीक्षण गर्नुपर्ने हुन्छ । जस्तो कि, ईसीजी, रक्तचाप आदि । यस्तो अवस्थामा शरीरलाई धेरै तनाव दिने खानपान गर्न हुँदैन । चिकित्सककै सल्लाह अनुसार खानपान गर्नुपर्छ । सर्जरीअघि आवश्यक तयारीका लागि रोगीले चिकित्सकसँग नियमित परामर्श गर्नुपर्छ ।

हार्ट बाइपास सर्जरी कति सफल हुन्छ ?

बाईपास सर्जरी सफल हुन्छ वा हुँदैन भन्ने कुरा रोगको प्रकृतिमा भर पर्छ । यो जोखिमपूर्ण सर्जरी भएपछि यसलाई अन्तिम विकल्प पनि बताइएको छ । त्यसैले मुटुको धमनीमा यस किसिमको अवरोध आएपछि सर्जरी गनर्ैैपर्ने हुन्छ ।

हार्ट बाईपास सर्जरी गरेको कति समयमा रोगी सामान्य दिनचर्यामा र्फकन सक्छ ?

सर्जरी गरेको करिब ६ देखि १२ हप्तामा रोगी ठिक हुन्छ । यसका साथै केही औषधी पनि सेवन गर्नुपर्ने हुन्छ, जसले रक्तप्रवाहमा सघाउ पुर्‍याउँछ ।

बाईपास सर्जरीपछि व्यक्तिको जीवनमा के परिवर्तन आउँछ ?

यति ठूलो सर्जरीपछि स्वभाविक रुपमा व्यक्तिको जीवनशैलीमा परिवर्तन हुन्छ । किनभने स्वास्थ्य जीवनशैली अपनाउनैपर्ने हुन्छ । ओमेगा ३ र फाइबरयुक्त भोजनमा जोड दिनुपर्छ । हल्का व्यायाम नियमित रुपमा गर्नुपर्छ । तौल नियन्त्रण गर्नुपर्छ । मदिराजन्य पर्दाथ पूर्णत निषेध गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment