Comments Add Comment

प्रचण्डको आग्रह : मन्त्री हेरफेरबारे मलाई नसोधिदिए हुन्थ्यो

१ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री हेरफेर प्रधानमन्त्रीको निर्णयमा भर पर्ने बताएका छन् ।

तर अहिले बाहिर चर्चा गरिए जस्तो योयो मन्त्री हटाउने भनेर तय भइनसकेको उनले बताए । शुक्रबार धनगढीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले सुरुमा त मन्त्रिपरिषद् पुनर्गठनबारे आफूलाई नसोधिदिए हुन्थ्यो भन्ने लागेको बताए । उनले भने, ‘यो कुरा मलाई नसोधिदिए हुन्थ्यो भन्ने लाग्छ । किनकी यो प्रधानमन्त्रीको क्षेत्राधिकारको कुरा हो । उहाँले जे सोच्नुहुन्छ, त्यही हुन्छ ।’

तपाईँ पनि अध्यक्ष हो नि भन्ने प्रश्नमा उनले भने, ‘म पार्टी अध्यक्ष हो । सल्लाह त उहाँले पक्कै गर्नुहुन्छ ।’

यो जाने, त्यो आउने भनेर भएको चर्चामा भने सत्यता नभएको प्रधानमन्त्रीले आफूलाई भनेको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment