+
+
Shares

उपचुनावको उम्मेदवारी दर्ता २१ गते

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १ गते १५:५८

१ कात्तिक, काठमाडौं । मंसिर १४ गते हुने उपचुनावको उम्मेदवारी दर्ता कात्ति क २१ गते हुने भएको छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभातर्फ कास्की २ र प्रदेशसभातर्फ भोजपुर १ क, बाग्लुङ २ ख र दाङ ३ खको उम्मेदवारी दर्ताको मिति तोकेको हो । कात्तिक २१ गते विहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ । दावी विरोध लगायतका प्रक्रिया पुरा भएपछि २५ गते उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिने आयोगले जनाएको छ ।

यस्तै धरान उपमहानगरपालिकाको प्रमुखसहित स्थानीय तहका ४८ रित्त पदहरुको उम्मेदवारी दर्ता कात्तिक २७ गते गर्ने आयोगको निर्णय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?