+
+
Shares

एनआरएनए अध्यक्ष पन्तको घोषणा : अर्को सम्मेलन काठमाडौंमा गर्दैनौं

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १ गते १६:२१

१ कात्तिक, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले अब काठमाडौंमा सम्मेलन नगर्ने घोषणा गरेका छन् ।

अध्यक्षमा निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पन्तले राजनीतिक रंग देखिन थालेको भन्दै अब एनआरएनएको सम्मेलन काठमाडौंमा नगर्ने बताएका हुन् ।

उनले भने, ‘आजको प्रविधिको जमानामा काठमाडौं आएर लाइन लागेर मतदान गर्न आवश्यक छैन । घरघरबाट मतदान गर्न पाउने व्यवस्था गर्नेछु ।’ उनले चुनावी घोषणापत्रअनुसार संघको सदस्यता निःशुल्क बनाउने बताए ।

साथै गैरआवासीय नेपाली संघलाई थप एकतावद्ध बनाउने र कसैलाई पनि काखा र पाखा नगर्ने प्रतिवद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?