+
+
Shares

सुहाना भन्छिन्–‘म हराएकी छैन, ६ महिना भित्रमा नयाँ फिल्म’

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ३ गते ११:३५

चलचित्र ‘ए मेरो हजुर ३’को विभिन्न देशमा प्रदर्शनका लागि कुँदिरहेकी नायिका सुहाना थापा हाल ओमानमा छिन् । यो चलचित्रको ओमानमा २ दिन अघि मात्र विशेष शो आयोजना भैसकेको छ ।

ओमान पुगेकी नायिकाले अनलाइनखबरका केही प्रश्नको जवाफ दिएकी छिन् । सुहानाले आफू दर्शकबाट नहराएको स्पष्ट पारेकी छिन् । उनले भनिन्–‘म हराएकी छैन । आशा छ, अबको ६ महिना भित्रमा मेरा दर्शकलाई म राम्रो समाचार सुनाउन सक्नेछु ।’

लामो समयसम्म चलचित्रको पर्दामा नआउँदा अरु नायिकाले उछिन्ने त होइनन् भन्ने प्रश्नमा उनले भनिन्–‘मलाई लाग्दैन कसैले कसैलाई उछिन्छन् । सबैजना आफ्नो ठाउँमा राम्रो हुनुहुन्छ ।’

दर्शकलाई सुहानाको अबको नयाँ चलचित्र के हुने भन्ने कौतुहलता पनि छ । तर, सुहाना भन्छिन्–‘व्यक्तिगत रुपमा मलाई भावगत गीतामा काम गर्न मन छ । ‘ए मेरो हजुर’को सिरिजमा सधै नै नयाँ अनुहार दर्शकले हेर्न पाउनुभएको छ । यसैले, म ‘ए मेरो हजुर ४’मा नयाँ अनुहार नै भएको हेर्न चाहन्छु ।’

सुहानाले चलचित्र प्रदर्शनको क्रममा आफू १४ वटा देशमा पुगेको जानकारी दिदै ती देशहरुमा आफ्नो भन्दा पनि चलचित्र क्षेत्रको फ्यान बढी पाएको बताइन् । अमेरिकामा रहेर अध्ययन गरिरहेकी यी सुन्दरीले पढाई सकेपछि नेपालमै आएर काम गर्ने समेत बताएकी छिन् ।

सुहानाले एउटा चलचित्र हिट हुँदैमा आफूले आफूलाई स्टार महशुश नगरेको समेत बताइन् । उनले, अझै पनि धेरै काम गर्न बाँकी रहेको स्पष्ट पारेकी छिन् । सुहानाको डेब्यू चलचित्र ‘ए मेरो हजुर ३’ बक्स अफिसमा सुपरहिट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?