+
+
Shares

राष्ट्रिय जनगणनामा शिक्षक नखटाइने, ५२ हजार युवालाई अवसर

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ३ गते १२:४७

३ कात्तिक, काठमाडौं । राष्ट्रिय जनगणना २०७८ मा शिक्षक नखटाइने भएको छ । केन्द्रीय तथ्यांक विभागले आइतबार पत्रकार सम्मेलन गरी सबैको सुझावअनुसार जनगणनामा शिक्षकहरुलाई नखटाउने निर्णय गरिएको जनाएको हो ।

‘शैक्षिक क्यालेन्डर नबिग्रियोस् भनेर सबैतिरबाट सुझाव आयो,’ विभागका जनसंख्या निर्देशक डुण्डीराज लामिछानेले भने, ‘अब गणक, सुपरीवेक्षकमा बेरोजगार युवालाई भर्ना गरिनेछ ।’

उनका अनुसार ४३ हजार २७७ गणक र ९ हजारभन्दा बढी सुपरीवेक्षक नयाँ भर्ना गरिनेछ । उच्च शिक्षा हासिल गरेका स्थानीय बेरोजगार युवाहरुलाई तीन महिनाका लागि गणक र सुपरीवेक्षकका रुपमा भर्ना गर्ने विभागको तयारी छ ।

गणक र सुपरीवेक्षकबाहेक अन्य जनशक्ति भने भने सरकारी कर्मचारी नै  हुनेछन् । सबै गरेर जनगणनामा ५४ हजार ४ सय १३ जना खटिने जनसंख्या निर्देशक लामिछानेले जानकारी दिए । जिल्लास्तरमा  चाहिने गणक जिल्लाकै तथ्यांक कार्यालयले भर्ना गर्नेछ ।

२०७८ जेठ २८ गतेदेखि १५ दिनसम्म गणकहरु देशका सबै घरमा खटिएका जनगणना गर्नेछन् । तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को लोगो र नारा पनि सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?