+
+
Shares

सप्तरीको नेताचोकबाट पाँच बोरा पटाका बरामद

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ४ गते ९:०७

४ कात्तिक, राजविराज । प्रहरीले सप्तरीको राजविराजस्थित नेताचोकबाट बेवारिसे अवस्थामा पाँच बोरा पटाका बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीले विभिन्न ब्राण्डका पाँच बोरा पटाकाहरु बरामद गरेको र बरामद पटाकाको मूल्य अन्दाजी एक लाख ५० हजार रुपैयाँ बराबर रहेको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

बेवारिसे अवस्थामा लुकाइएको पटाकाहरु विशेष सूचनाको आधारमा बरामद गरिएको र ती पटाकालाई जिल्ला प्रहरी कार्यालयमा नष्ट गरिने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच सप्तरीको बोदेबरसाइन नगरपालिकाकास्थित खेतबारीमा अवैधरूपमा लगाइएका साँत सय बोट गाँजा प्रहरीले फडानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?