+
+

बौद्धबाट नक्कली नोट छाप्ने मेसिनसहित ३ पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ४ गते १०:२२
Photo Credit : फाइल तस्वीर

४ कात्तिक, काठमाडौं । बौद्धको नयाँवस्तीबाट प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित ३ जनालाई पक्राउ गरेको छ ।

विशेष सुराकीका आधारमा पुगेको प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित ३ जनालाई पक्रेको हो । प्रहरीले उनीहरूको साथबाट ३५ हजार रुपैयाँ बराबरको नक्कली नोटसमेत बरामद गरेको छ ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले अनलाइनखबरसँग भने, ‘नोटसहित ३ जना पक्राउ परेका छन् ।’

पक्राउ पर्नेको परिचय भने प्रहरीले खुलाएको छैन ।

बोगटीका अनुसार, नोट छाप्ने मेसिनसमेत उनीहरूको साथबाट बरामद भएको छ । यसबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?