Comments Add Comment

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

४ कात्तिक, वीरगञ्ज । बाराबाट प्रहरीले कर्तव्य ज्यान मुद्धामा फरार अभियुक्तलाई पक्राउ गरेको छ । कलैया उपमहानगरपालिका–१२ शितलपुर बस्ने मखन साह कानु पक्राउ परेका हुन् । शितलपुरकै मनेजर साह कानुको हत्यामा संलग्न रहेको अरोपमा साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता रञ्जित सिंह राठौरले जानकारी दिए । मनेजरका छोरा प्रभु साह कानुले सोही ठाउँ बस्ने हरि शंकर साह कानु, मखन साह कानु लगायत विरुद्ध कर्तव्य ज्यान मुद्धा दर्ता गरेका थिए ।

प्रहरीका अनुसार २०७५ जेठ २३ गते मनेजर मखनको खेतमा सिंचाई गरे वापतको पैसा माग्न गएका थिए । सोही विषयमा बिवाद हुँदा मखन साह कानु तथा उनका छोराहरूले मिलेर मनेजरमाथि लाठी प्रहार गरेका थिए । ०७५ असार २४ गते उपचारको क्रममा मनेजरका न्युरो अस्पताल काठमाण्डौमा मृत्यु भएको थियो ।

घटनापछि फरार मखन साह कानुलाई प्रहरीले असोज ३० गते पक्राउ गर्न सफल भएको थियो ।बारा जिल्ला अदालतको कात्तिक ३ गतेको आदेशले उनलालाई पूर्पक्षको लागि वीरगञ्ज कारागार पठाइएको बारा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment