Comments Add Comment

तिहारको भाइमसला : कति फाइदाजनक ?

ड्राइ फ्रुट्स अर्थात् मसला मिठो नलाग्ने व्यक्तिहरु सायदै कोही होला । मसला भन्नासाथ काजु, किसमिस र पेस्ताको सम्झना आउन थाल्छ । विशेषगरी यी मसलाहरु धेरैका लागि पि्रय हुन्छ । अहिले हामी तिहारको नजिक छौं । यो समयमा मसलाको छुट्टै महत्व हुन्छ ।

तिहारमा लक्ष्मीको पूजा हुने भएकाले मसला त्यस्तो कुरा हो जसबिना लक्ष्मीको पूजा अपुरो हुन्छ । मसलामध्येको मखना माता लक्ष्मीको अति नै प्रिय कुरा हो । त्यस्तै भाइटीकामा पनि दाजु-भाइको स्वास्थ राम्रो होस् भन्ने कामनाका साथ भाइटीका गरेपछि दाजु-भाइलाई उपहार स्वरुप मसला पनि दिइन्छ ।

त्यस्तै, हिजोआज आफन्त र साथीभाइमा पनि तिहारको उपहार स्वरुप मिठाईसँगै मसला पनि दिइन्छ । मसला खानमा स्वादिष्ट मात्र होइन, यसको सेवनले शरीरलाई धेरै फाइदाहरु पनि प्राप्त हुन्छ । तिहारको समय भएकाले आजभोलि बजारमा मसलाहरु उपलब्ध छन् भने तिहारका लागि भनेर मसला किन्नेहरुको भिड पनि जम्मा हुन थालिसकेको छ । हामी स्वादका लागि त मसलाको सेवन गर्छौं नै, तर विभिन्न प्रकारका यी मसलाहरुले हाम्रो स्वास्थ्यमा के-कस्ता फाइदा त ?

काजु

काजु मन नपर्ने व्यक्ति सायद कमै होलान् । काजु बच्चादेखि बृद्धसम्म सबैलाई उस्तै प्रिय लाग्छ । हल्का गुलियो र नरम स्वादको काजुमा भिटामिन-इ पर्याप्त मात्रामा पाइन्छ । विशेषज्ञहरुका अनुसार काजुमा एन्टि-एजिङ तत्व पाईन्छ, जुन तपाइर्ंको स्वास्थको साथै छालाको लागि पनि धेरै फाइदाजनक सिद्ध हुन्छ । काजुको सेवन गर्नाले तपाईंको छाला चम्किलो हुन्छ । तपाईको अनुहार उमेरभन्दा कम जस्तो देखिन्छ ।

बदाम

बदाम एउटा त्यस्तो मसला हो, जसलाई विशेषताहरुको खानी मानिन्छ । यसलाई तपाईंले हरेक रुपमा प्रयोग गर्न सक्नुहुन्छ । बिहान ४-५ वटा बदाम खाने गर्नाले बिभिन्न किसिमको रोगहरुबाट मुक्ति मिल्छ ।

किसमिस

किसमिसलाई क्याल्सियम र फाइबरको एउटा राम्रो स्रोत मानिन्छ । यसलाई हरेक दिन सेवन गर्नाले शरीरको हडि्डहरु बलियो हुनुको साथै यसको नियमित सेवनले शरीरमा रगतको कमी हुन पाउँदैन । यसबाहेक किससिम खानाले एनिमिया, दाँतमा हुने क्याविटी र किड्नीको पत्थरी पनि हुँदैन । यसमा ग्लूकोज र प|mक्टोज पाइन्छ, जसले शरीरलाई उर्जा प्रदान गर्छ । दुब्ला-पातला व्यक्तिहरुका लागि किसमिस सेवन गर्नु अति नै फाइदाजनक हुन्छ ।

पेस्ता

पेस्ता हाम्रो स्वास्थको लागि अति नै लाभदायक हुन्छ । यसमा म्याग्नेसियम, कपर, रेशा, फस्फोरस र भिटामिन-बी जस्ता तत्वहरु पर्याप्त मात्रामा पाइन्छ । पेस्ताले शरीरको कोलेस्ट्रोललाई कम गरेर मुटुसँग सम्बन्धित रोगहरुबाट तपाईको रक्षा गर्छ ।

ओखर

ओखरको आकारलाई ध्यान दिएर हेर्ने हो भने यो ठीक मनुष्यको मस्तिष्कको आकार जस्तो हुन्छ । ओखरको नियमित सेवनले मस्तिष्कलाई फाइदा पुग्छ । यसको दिनहुँ सेवन गर्ने व्यक्तिको दिमाग तेज चल्छ ।

मखना

मखनाको सेवनले शरीरमा धेरै फाइदाहरु हुन्छन् । मखना सेवन गर्नाले तनाव कम हुन्छ साथै राम्रो निद्रा पनि लाग्छ । राति सुत्नु अगाडि मखनालाई दुधसँग सेवन गर्नाले निद्रा नलाग्ने समस्या कम हुन्छ ।

छोकडा

छोकडाको सेवनले शरीरमा धेरै फाइदा हुन्छ । यसको नियमित सेवनले पेट सम्बन्धी समस्याहरु कम हुन्छ । त्यस्तै खोकी लाग्दा पनि यसलाई हल्का पोलेर सेवन गर्नाले खोकी निको हुन्छ ।

यसरी भिन्दा-भिन्दै प्रकारका मसला (ड्राइ फ्रुट्स )खानाले हाम्रो शरीरमा बिभिन्न प्रकारको फाइदाहरु प्राप्त हुन्छ । त्यसैले आफ्नो स्वास्थ्यलाई ध्यानमा राख्दै मसला सेवन गर्नु स्वस्थ्यकर हुन्छ । यदि तपाईंलाई ब्लड प्रेसर अथवा अन्य कुनै स्वास्थ समस्या छ भने यसको सेवन डाक्टरको सल्लाह बमोजिम गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment