Comments Add Comment

११ बुँदे मागसहित हडतालमा उत्रिए बंगलादेशका क्रिकेटर

काठमाडौं । विभिन्न ११ बुँदे माग राख्दै बंगलादेशका क्रिकेटरहरु हडतालमा उत्रेका छन् । आफ्ना माग पूरा नहुँदासम्म क्रिकेटका कुनै पनि गतिविधिमा भाग नलिने उनीहरूको निर्णय छ ।

भारत भ्रमणका लागि बन्द प्रशिक्षण सुरु हुन लाग्दा क्रिकेटरहरु आन्दोलित बनेका हुन् । उनीहरुको ११ बुँदे मागपत्रमा बंगलादेश प्रिमियर लिग फ्रेन्चाइज मोडलमै हुनुपर्नेदेखि फस्ट क्लास क्रिकेटरको तलब बढाउनुपर्नेसम्म छन् ।

यस्ता छन् बंगलादेशी क्रिकेटरका मागः

– क्रिकेटर वेलफेयर एशोसिएनको नेतृत्वले राजीनामा दिनुपर्छ र खेलाडीहरुले मत दिएर नयाँ कमिटी बनाउनुपर्छ ।

– ढाका प्रिमियर लिग पुरानै अवधारणाअनुसार हुनुपर्छ जसमा खेलाडीहरुलाई टिम छनोट र आफ्नो तलबबारे वार्ता गर्ने अधिकार हुनेछ ।

– बंगलादेश प्रिमियर लिग फ्रेन्चाइज मोडलमै हुनुपर्छ र स्थानीय खेलाडीहरुको न्यूनतम मूल्य विदेशी खेलाडीको सरह हुनुपर्छ ।

– फस्र्ट क्लास क्रिकेटरको तलब कम भयो । यसलाई प्रतिखेल एक लाख टाका अर्थात १२०० डलर बनाउनुपर्छ ।

– जिम, इण्टरनेट, मैदानमा सुधार गर्नुपर्छ

– प्रशिक्षक र फिजियो वर्षभरका लागि हुनुपर्छ ।

– बलको गुणस्तर र खेलाडीको भत्तामा सुधार हुनुपर्छ ।

– टिमको होटल जिम र स्विमिङ पुल भएको एक वा दुई स्टारभन्दा माथिल्लो स्तरको हुनुपर्छ ।

– ग्राउण्ड स्टाफ, स्थानीय प्रशिक्षक, अम्पायर, फिजियो, ट्रेनर लगायतको तलब व्यवसायिक रुपमा नै बृद्धि गर्नुपर्छ ।

खेलाडीहरु हड्तालमा उत्रिएपछि बंगलादेश क्रिकेट बोर्डले मंगलबार नै आपत्कालीन बैठक बोलाएको छ । नेसनल क्रिकेट लिग खेल्न खेलाडीहरुलाई सहमत गराउन बोर्डसँग ४८ घन्टाभन्दा पनि कम समय छ । साथै नोभेम्बर ३ बाट भारत भ्रमण सुरु गर्नुछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment