+
+
Shares

विराटनगरमा हेलिप्याडसहितको सभाहल निर्माण हुने

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ५ गते १२:१५

५ कात्तिक, विराटनगर । विराटनगरमा हेलिप्याडसहितको अत्याधुनिक सभाहल निर्माण हुने भएको छ ।

८० करोडको लागतमा १७ सय क्षमताको चार तल्ले सभाहल निर्माण हुने भएको हो । विराटनगरको बैजनाथपुरमा अढाइ विघा क्षेत्रफलमा सभाहल निर्माण हुनेछ ।

संघीय आयोजना कार्यान्वय इकाइ कार्लालय मोरङका सूचना अधिकारी राजु साहले शहरी विकास मन्त्रालयको लगानीमा निर्माण गरिने सभाहल डिजिटल प्रविधियुक्त सुविधा सम्पन्न हुने बताए ।

उनले सभाहल निर्माणका लागि आवश्य बजेट विनियोजन भइ बहुवर्षीय आयोजनाको स्वीकृतिको चरणमा रहेको जानकारी दिए ।

‘सभाहल निर्माणका लागि बजेटको लागत, आयोजनाको डिजानिङ्गलगायतका आवश्य कार्य पूरा भइसकेको छ,’ सूचना अधिकारी साहले भने, ‘बहुवर्षीय योजनाको रुपमा स्वीकृत भए लगतै सभाहल निर्माणका लागि ठेक्का प्रकृया अगाडि बढ्नेछ ।’ यही आर्थिक वर्षदेखि नै सभा हल निर्माणको कामले गति पाउनेछ ।

साहका अनुसार भवनामा १५ सय क्षमताको ठूलो एउटा सभाहल हुनेछ, । त्यसैगरी एक/एक सय क्षमताका दुई वटा सभाहल रहनेछन् ।

हेलिप्याटसहितको हुने सभाहलमा अन्डरग्राउण्डमा एकै पल्ट साढे २ सय कार पार्किङ्ग गर्न मिल्नेछ भने ५ सय बढी मोटरसाइकल पार्किङ्गको क्षमता रहनेछ ।

बिराटनगरमा रहेका वीरेन्ऽ सभागृहमा हाल बिभिन्न संघसंस्थाका भेला, सभा, सम्मेलनलगायतका कार्यक्रमहरु हुने गरेका छन् ।

निकै पुरानो सभागहृ लामो समयदेखि पुनर्निर्माण नहुँदा सभागृहमा अन्तर्राष्ट्रियस्तरका कार्यक्रमहरु भने हुन सकेको छैन ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट निकास भएको ४ करोड रुपैयाँ विराटनगर महानगरपालिकाले सभाहलको मर्मत सम्भारमा खर्च गर्न नसक्दा रकम नै  फ्रिज भएको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?