+
+
Shares

अक्षयलाई लिन नसक्ने मेकरको नजरमा कार्तिक

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ५ गते १२:३७

नायक कार्तिक आर्यनको क्रेज अहिले बलिउडमा ह्वात्तै बढेको छ । उनले अभिनय गरिरहेका चलचित्रको सूची हेर्ने हो भने उनी लामो रेशको घोडा बन्ने बाटोमा लागेको देखिन्छ । यतिमात्र होइन, अहिले चलचित्र मेकरको नजरमा उनी परेका छन् ।

विशेषगरि, कार्तिक चलचित्रको सिक्वेल वा सिरिजमा पनि पहिलो नम्बरको रोजाइको नायक बनेका छन् । ‘दोस्ताना २, भूलभूलैया २’मा त उनले काम गर्ने पक्का भैसकेको छ ।

यसैविच, अब उनले नायक अक्षय कुमारको मुख्य भूमिका रहेको चलचित्र ‘हेरा फेरि’को तेश्रो सिरिजमा काम गर्ने भएका छन् । यो चलचित्रमा अघिल्लो सिरिजका मुख्य कलाकार सुनिल सेट्टी र पारेश रावल पक्का भैसकेका छन् । अब, नायक कार्तिक आर्यनले अक्षयले निर्वाहा गरेको भूमिकामा काम गर्नेछन् ।

उनले अक्षयले काम गरेको ‘भूलभूलैया’को दोश्रो सिरिजमा काम गरिरहेका छन् । बलिउडमा अक्षयको समय नमिलेर वा उनलाई लिन नसक्ने मेकरको नजरमा पनि कार्तिक पर्न थालेको चर्चा सुरु भएको छ ।
कार्तिक अभिनित ‘आजकल, पति पत्नी और ओ’ रिलिजको तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?