+
+
Shares

‘जुग जाने माया’ लिएर आइन् कुसुम

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ५ गते १९:२२

गायिका कल्पना कुसमले ‘जुग जाने माया’ बोलको नयाँ गीत सांगीतक बजारमा ल्याएकी छन् । लोकभाकाको यो गीतमा उनलाई बालकृष्ण पाण्डेको साथ छ ।

गुल्मीमा जन्मेर बुटबललाई कर्मथलो बनाइरहेकी गायिका कुसुमले यसअघि एक दर्जनजति गीतहरु गाइसकेकी छन् । खासगरी उनका तिज गीतहरु यूट्यूवमा लोकपि्रय भएका छन् । उनले छायाँ छवि क्रियसनबाट उत्कृष्ट नवगायिकाको अवार्ड पनि जितेकी छन् ।

चार दिन अगाडि अपलोड गरिएको ‘जुग जाने माया’ ले एक लाखभन्दा बढी भ्यूज पाइसकेको छ । गीतको म्युजिक भिडियोमा चर्चित नायक पल शाहलाई स्मारिका कुँवरले साथ दिएकी छन् ।

गीतमा शब्द र संगीत राजकुमार बगरको रहेको छ । म्युजिक भिडियो निर्देशन विक्रम चौहानले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?