Comments Add Comment

के फेरि चलचित्रको शैली परिवर्तन गर्न सक्लान् त निश्चलले ?

फर्मुला चलचित्रहरु निर्माण भइरहेको समयमा निश्चल बस्नेतले नयाँ शैलीको चलचित्र ‘लुट’ निर्देशन गरे । यो चलचित्रले बक्स अफिसमा सुखद कमाई गर्यो । यो चलचित्रले कथा भन्ने शैलीलाई नै परिवर्तन गरेको थियो ।

यो चलचित्रबाट निर्देशक निश्चल बस्नेत सेलिब्रिटी निर्देशक बने । दोस्रो चलचित्र ‘टलकजंग भर्सेस टुल्के’बाट पनि निश्चललाई राम्रो प्रतिक्रिया मिलेको थियो । तर, ‘लुट २’ बाट भने निश्चल चिप्लिए । व्यापारिक रुपमा सफल भएको चलचित्र समिक्षात्मक रुपमा भने कमजोर ठहरियो । निश्चलको आलोचना पनि खुबै भयो ।

यो चलचित्रले कमजोर प्रतिक्रिया पाएपछि निश्चल अभिनयमा बढी सक्रिय छन् । निर्देशकिय कामलाई विश्राम दिएर उनी अभिनयमा बढी व्यस्त छन् । तर, निश्चल आफू नयाँ चलचित्र निर्देशनको तयारी गरिरहेको बताउन भने कहिले पनि छाड्दैनन् ।

यस्तैमा निश्चलले आफूले नयाँ चलचित्र निर्देशन गर्दा अहिले चलिरहेको चलचित्रको ट्रेन्ड नै परिवर्तन गर्ने दाबी गरेका छन् । आफ्नो नयाँ चलचित्र ‘घामड शेरे’को प्रचारमा व्यस्त रहेका निश्चलले पत्रकारहरुसँग कुरा गर्दै यस्तो विचार राखेका हुन् । उनले भनेका छन्–‘मलाई पनि निर्देशक भएर काम गर्ने मन नभएको होइन । मन छ । तर, मलाई अहिले चलिरहेको जस्तै चलचित्र बनाउने मन भने छैन । केही नयाँ शैली भित्राउन सकिन्छ कि भनेर लागिरहेको छ । यो कुरा पक्का भएपछि मात्र चलचित्र निर्देशन गर्नेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment