Comments Add Comment

आर्यघाटमा शव अन्त्येष्टि शुल्क बढ्यो

६ कात्तिक, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले आर्यघाटमा शव अन्त्येष्टि गर्दा लाग्ने शुल्क बढाएको छ । घाट सेवा केन्द्रका कर्मचारीहरुको सेवा सुविधा बढाउने सहमति गरेकै दिनदेखि कोषले शव अन्त्येष्टिको शुल्क पनि बढाएको हो ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले नौ वर्षदेखि नबढेको शुल्क बुधबारबाट बढाइएको बताए ।

ढकालका अनुसार शव दाह गरेको शुल्कमा ३ सय रुपैयाँ बढेको छ । पहिले १२ सय रहेको शवदाह शुल्क अब १५ सय पुगेको छ ।

यसैगरी दाउरा बोक्ने र शव बोक्ने शुल्कमा समान २–२ सय रुपैयाँ बढेको छ । यसअघि यो शीर्षकमा चार–चार सय शुल्क लाग्थ्यो । चपरी बोक्ने शुल्क ३ सयबाट बढेर ४ सय रुपैयाँ पुगेको छ ।

शवलाई गाड्नका लागि खाल्डो खन्ने शुल्क पनि १२ सयबाट बढेर १५ सय रुपैयाँ पुर्‍याइएको छ । दशनामीहरुले शव नजलाएर गाड्ने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment