Comments Add Comment

आयुष्मान खुराना बाल यौन शोषण विरुद्ध

बलिउडका अभिनेता आयुष्मान खुरानाले भारत सरकारको तर्फबाट एउटा ठूलो जिम्मवारी पाएका छन् । आयुष्मानले युनिसेफसंग मिलेर बालबालिकाहरुको यौन शोषण विरुद्ध मानिसहरुलाई जागरुक गराउनु पर्नेछ । त्यसका लागि आयुष्मानले हालै मात्र एउटा भिडियोको छायांकन गरेका छन् ।

भारतको महिला एवं बाल विकास मन्त्रालय बालबालिकाहरुलाई पोक्सो एक्ट अन्तर्गत पाइने कानूनी सहायता तथा सुरक्षाका लागि जागरुक गराउन चाहान्छ । त्यसबारेमा अभिनेता आयुष्मानको भनाइ छ-‘हामी त्यस्ता अपराधहरुका लागि अझ बढि सतर्क हुनु अनिवार्य छ । त्यस्ता अपराधहरुका विरुद्ध तुरुन्त आवाज उठाउनु पर्छ र सरकारी अधिकारीहरुलाई त्यस बारेमा जानकारी दिनु पर्छ ।’

आयुष्मानको तर्फबाट जारी गरिएको वक्तव्यमा भनिएको छ-‘एउटा जागरुक शहरीवासी भएका नाताले म सधैं यस्ता प्रसंगहरुको बारेमा मानिसहरुलाई भन्न चाहन्छु, जो देशका लागि महत्वपूर्ण छन् र जसप्रति तुरुन्त ध्यान दिनु अनिवार्य छ । पोक्सोका लागि जागरुकता फैलाउनु मन्त्रालयको महत्वपूर्ण कदम हो । यो कानुन अन्तर्गत बालबालिकाहरुको यौन शोषणको सुरक्षा गरिने छ र उनीहरुलाई कानूनी रुपमा समेत सहयोग गरिने छ । बालबालिकाको विरुद्ध हुने अपराध सबैभन्दा जघन्य हुन्छ र म देशको भविष्यको सुरक्षाका लागि यूनिसेफ र सरकारको यो कदमको सराहन गर्दछु ।’

उक्त अभियानको उदेश्य सामाजिक सञ्जाल, टेलिभिजन तथा फिल्ममार्फत जनतासम्म सन्देश पुर्‍याउनु हुनेछ, जसमा आयुष्मानले सहयोग गर्नेछन् ।

हालैका केही वर्षहरुमा आयुष्मान आफ्ना फिल्महरुमार्फत मध्यमवर्गीय दर्शकहरुको अनुहार बनिसकेका छन् । यस्तो बेला आयुष्मानले उक्त अभियानमा सफलता पाउने अनुमान गरिएको छ ।

आयुष्मानको करियरको कुरा गर्ने हो भने उनको नयाँ फिल्म ‘बाला’ प्रदर्शनको तयारीमा छ, जसमा उनी एक त्यस्ता युवकको भूमिकामा देखिने छन्, जसको युवावस्थामै तालु खुइलिन्छ । यसअघि यो वर्ष उनका दुई फिल्म ‘ड्रीम गर्ल’ तथा ‘आर्टिकल १५’ प्रदर्शन भैसकेका छन् ।  यी दुबै फिल्महरुमा आयुष्मान निकै पृथक भूमिकामा देखिएका थिए । आर्टिकल १५ मा उनले एक संवेदनशील तथा ईमान्दार प्रहरी अधिकृतको भूमिका निर्वाह गरेका थिए भने ड्रीम गर्लमा उनी निकै हल्का-फुल्का शैलीमा देखिएका थिए । दुबै फिल्म बक्स अफिसमा सफल भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment