Comments Add Comment

मोटरसाइकलको ठक्करबाट मकवानपुरमा एक जनाको मृत्यु

६ कात्तिक, हेटौंडा । मकवानपुरमा मोटरसाइकलको ठक्करबाट बुधबार एक जना पैदल यात्रुको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पूर्वी मकवानपुरको बकैया-७ अधेरीका ५५ बर्षीय कृष्ण बहादुर लो रहेका छन् ।

धरान- चतरा मार्ग हुँदै हेटौंडा आउँदै गरेको प्रदेश ३-०३-००१ प ६२० नम्बरको मोटरसाइकलको ठक्करबाट  लोको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

मोटरसाईकलको ठक्करबाट घाईते भएका लोको उपचारको क्रममा चुरेहील अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।  मोटरसाइकल चालक बकैया ३ हात्तीसुँडेका २४ बर्षीय सवीन दर्नाल घाइते भएका छन् । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment