+
+
Shares

गाडीको ठक्करबाट गुल्मीमा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ६ गते १२:४२

६ कात्तिक, गुल्मी । गुल्मीमा गाडीबाट खसेको समान टिप्ने क्रममा गाडीको ठक्करबाट मंगलबार राति एक जनाको मृत्यु भएको छ । जिल्लाको कालिगण्डकी गाउँपालिका वडा नम्बर–३ निवासी ४८ वर्षीय झमबहादुर बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणी पुनले बताए ।

मुल्क भन्ने स्थानबाट जयखानी तर्फ सामान लगेर जाँदै गरेको लु १ च ४५८६ नम्बरको बलेरो गाडीबाट खसेको समान टिप्ने क्रममा रोकीराखेको गाडी एक्कासी ब्रेक फेल भएर ठक्कर दिँदा जीपमा सवार बिकको मृत्यु भएको प्रहरीले जनाएको छ । गाडीको ठक्करबाट घाइते भएका बिकको उपचारको क्रममा मृत्यु भएको छ ।

ठक्कर दिने जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?