Comments Add Comment

कप्तान मेस्सीको कीर्तिमान गोलमा बार्सिलोनाको जित

Photo Credit : च्याम्पियन्स लिग

७ कात्तिक, काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा कप्तान लियोनल मेस्सीको कीर्तिमानी गोलमा बार्सिलोनाले स्लाविया प्रागमाथि संघर्षपूर्ण जित निकालेको छ ।

च्याम्पियन्स लिगअन्तर्गत समूह ‘एफ’ को खेलमा बार्सिलोनाले बुधबार राति उसैको घरेलु मैदानमा स्लावियालाई २–१ गोलले पराजित गरेको हो ।

खेलको तेस्रो मिनेटमा नै मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । यो गोलसँगै कप्तान मेस्सी च्याम्पियन्स लिगको लगातार १५ औं सिजनसम्म गोल गर्ने खेलाडी बने ।

पहिलो हाफसम्म मेस्सीकै गोलको कारण बार्सिलोनाले १–० गोलको अग्रता बनाएको थियो । तर खेलको ५० औं मिनेटमा जान बोरिलले गोल गर्दै स्लावियालाई १–१ गोलको बराबरीमा ल्याए ।

खेलको ५७ औं मिनेटमा पिटर ओलायिन्काले आत्मघाती गोल गरेपछि बार्सिलोना २–१ गोलअन्तरले अघि रह्यो । बाँकी समयमा दुवै टिमले गोल गर्न नसकेपछि बार्सिलोनाले जित हात पारेको हो

त्यस्तै, समूह ‘एफ’अन्तर्गत नै भएको अर्को खेलमा इन्टर मिलानले बोरुसिया डर्टमन्डलाई पराजित गरेको छ । बोरुसिया डर्टमन्डलाई २–० गोलअन्तरले पराजित गर्ने क्रममा पहिलो हाफमा र दोस्रो हाफमा समान १–१ गोल गर्दै इन्टर मिलानले जित हात पारेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment