+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

नेपालमा व्यवसाय गर्ने वातावरण सुधारियो : विश्व बैंक

डुइङ विजनेश इन्डेक्स'मा नेपाल १६ स्थान माथि उक्लियो

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ७ गते १०:३९

७ कात्तिक, काठमाडौं । नेपालको डुइङ विजनेश इन्डेक्स (व्यवसाय गर्ने वातावरण)मा सुधार आएको विश्व बैंकले जनाएको छ । विश्व बैंकले सार्वजनिक गरेको नयाँ रिपोर्टमा नेपालको डुइङ विजनेश इन्डेक्समा सुधार भएको उल्लेख छ ।

रिपोर्ट अनुसार नेपालको इन्डेक्स १६ स्थान माथि उक्लिएको छ । यसअघि ११० औं स्थानमा रहेको नेपाल १६ औं स्थान माथि उक्लिएर ९४ ओं स्थानमा आइपुगेको छ ।

अघिल्लो वर्ष ५ स्थानले नेपालको डुइङ विजनेश तल झरेको थियो । डुइङ विजनेश सुधार हुनुलाई व्यवसाय गर्न राम्रो वातावरण भएको मानिन्छ ।

९४ औं स्थानमा उक्लिएको नेपालले ६३.२ अंक पाएको छ । अघिल्लो वर्ष ५९.७ अंक रहेकोमा ३.५ प्रतिशतले सुधार भएको हो । नेपाल भन्दा छिमेकी मुलुक भारतले राम्रो सुधार गरेको छ ।

भारत यस अघि १४२ औं स्थानमा रहेकोमा यस वर्ष सुधार भएर ६३ औं स्थानमा उक्लिएको छ । डुइङ विजनेश इनडेक्समा सबैभन्दा शिर्ष स्थानमा न्यूजिल्याण्ड देखिएको छ भने सबैभन्दा पुछारमा सोमालिया रहेको छ ।

सबैभन्दा राम्रो सुधार गर्नेमा भने साउदी अरेविया देखिएको छ । नेपाल १६ औं स्थानमाथि उक्लिए पनि धेरै राम्रो सुधार गर्ने देशहरुको सूचीको टप १० मा पर्न सकेको छैन ।

यी हुन् राम्रो सुधार भएका देशहरु

१. साउदी अरेबिया
२. जोर्डन
३. टोगो
४. बहराइन
५. ताजिकिस्तान
६. पाकिस्तान
७. कुवेत
८. चीन
९. भारत
१० नाइजेरिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?