Comments Add Comment

माग पूरा गर्ने आश्वासनपछि खेलमा फर्कन बंगलादेशका क्रिकेटरहरू सहमत

७ कात्तिक, काठमाडौं । ११बुँदे माग राख्दै हडतालमा उत्रिएका बंगलादेशका क्रिकेटरहरू खेलमा फर्किन सहमत भएका छन् ।

बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) र प्लेयर एशोसिएसनले अधिकांश माग पूरा गर्ने आश्वासन दिएपछि क्रिकेटरहरू खेलमा फर्कन सहमत भएका हुन् ।

हड्तालको नेतृत्व गरेका टी–२० तथा टेष्ट टिमका कप्तान सकिब अल हसनले सबै माग पूरा भएपछि मात्र खेलाडीहरु सन्तुष्ट हुने बताए ।

बंगलादेशका क्रिकेटरहरू सोमबार हडतालमा उत्रिएका थिए । हडतालमा उत्रिएपछि मंगलबार दुई पक्षबीच दुई घण्टा छलफल भएको थियो ।

वार्तामा खेलाडीहरूले दुई नयाँ माग पनि राखेका छन् । पहिलो, बीसीबीले आम्दानीको हिंसा खेलाडीहरुलाई बाँड्नुपर्छ । दोस्रो, महिला क्रिकेटरहरूलाई पनि समान सेवा सुविधा दिनुपर्छ ।

बुधबार नै क्रिकेट बोर्डका अध्यक्ष नाजमुल हसन र निर्देशक नैमुर रहमानले प्रधानमन्त्री शेख हसिनालाई पनि भेटेका छन् । हसिनाले भने यो विवाद सुल्झाउने जिम्मा एकदिवसीय कप्तानसमेत रहेका सांसद् मुशरफा मोर्तजालाई दिएकी छन् ।

प्रधानमन्त्रीको कदमपछि क्रिकेट बोड सम्झौता गर्न तयार भएको मानिएको छ । क्रिकेटर सकिबले भने, ‘हाम्रो सबै माग छिट्टै पूरा गर्ने कुरा भएको छ । यही आश्वासनका आधारमा हामी नेसनल क्रिकेट लिग खेल्छौं र (भारत टुरको) अभ्यास थाल्छौं ।’

खेलाडीहरुले क्रिकेटर वेलफेयर एशोसिएसन अफ बंगलादेशको चुनाव छिट्टै हुनुपर्ने बताएका छन् । त्यहाँ आफूहरूको प्रतिनिधित्व हुने भन्दै उनले भने, ‘यसो भएमा बोर्डसँग हाम्रो समस्याबारे नियमित छलफल गर्न पाउँछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment