Comments Add Comment

हरियाणामा भाजपालाई झट्का, महाराष्ट्रमा सिट घट्यो

७ कात्तिक, काठमाडौं । भारतको हरियाणा र महाराष्ट्र विधानसभा गठनका लागि भएको चुनावको मत गणना जारी छ ।

प्रारम्भिक मत परिणामले हरियाणामा भारतीय जनता पार्टी (भाजपा) लाई झट्का दिएको छ भने महाराष्ट्रमा पनि उसको प्रदर्शन सन्तोषजनक छैन ।

२८८ सिटको महाराष्ट्रमा भाजपा गठबन्धन १६२ सिट (भाजपा १०२ र शिवसेना ५९) मा अगाडि छ । अगाडि छ । कांग्रेस गठबन्धन १०० सिट ( भारतीय कांग्रेस ४४ र राष्ट्रिय कांग्रेस ५६) मा अगाडि छ ।

महाराष्ट्रमा हाल भाजपा–शिवसेनाको सरकार छ । यो चुनावले उसको सिट संख्या घट्ने देखाएको छ ।

हरियाणामा भने भाजपालाई झट्का लागेको छ । भाजपा गठबन्धन ३६ र कांग्रेस गठबन्धन ३५ सिटमा अगाडि छ ।

९० सिटको विधानसभामा हाल भाजपाको सरकार छ । तर चुनावी परिणामले उसलाई ठूलो दलमा मात्र सिमित राख्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment