+
+
Shares

सेलपे सेवाको स्टल एक्टिभेसन सुरु

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ७ गते १९:३५

७ कात्तिक, काठमाडौं ।  नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकमको सेलपे सेवाले आजबाट स्टल एक्टिभेसन सुरु गरेको छ ।

यो एक्टिभेसन कार्यक्रम सिभिल महलमा कार्तिक ८ गते शुक्रबारका दिन र लविम महलमा कर्तिक ९ गने शनिबारका दिन १० बजे देखि ५ बजे सम्म हुन गईरहेका छ । यस एक्टिभेसनको मुल उद्देश्य ग्राहकहरुसँग अन्तक्रिया बढाउन र सेलपे एपको बारे यसको प्रयोग र फाइदाहरुको बिस्तारमा जानकारी उपलव्ध गराउने रहेको छ ।

एक्टिभेसनको समयमा सेलपेले स्पट केवाईसी प्रमाणीकरण सेवा प्रदान गर्नुका साथै पहिलो बैंक खाता लिंक भए पश्चात १०० को फ्रि टपअप आफ्नो ग्राहकहरुलाई प्रदान गर्नेछ । सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो ।

सेलपेका अन्य विशेषताहरुमा बिना वालेट कारोबार गर्न सकिने, बास्तविक समयमा भुक्तानि २४सै घण्टा उपलव्ध हुने, चलाउनका लागि सरल र सहज, सुरक्षित, न्युन सेवा शुल्क र कारोबार गरे वापत लोयाल्टि पोइन्टस पाईने कम्पनीले बताएको छ ।

सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईन्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेन्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, P2P, P2B, B2P, B2B आदि वास्तविक समयमा गर्न सकिन्छ ।

यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासँग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एपस्टोरमा उपलब्ध छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?