Comments Add Comment

विकास शिल्डको उपाधिका लागि पुलिस र चितवन एघार भिड्ने

७ कात्तिक, भरतपुर । नेपाल पुलिस क्लब नारायणगढको क्याम्पाचौरमा जारी टुबोर्ग जेसीज विकास रनिङ शिल्ड राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको दोस्रो सेमीफाइनल खेलमा संकटा क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै विभागीय टोली उपाधि नजिक पुगेको हो । मध्यान्तरअघि गोलरहित बराबरी खेलेको पुलिसका लागि ७२ औं मिनेटमा सौजन याक्खाले गोल गरे । सुमन लामाले करिब २५ यार्ड टाढाबाट प्रहार गरेको फ्रीकिक गोलरक्षकले पञ्च गरेपछि रिबाउण्डमा सौजनले सुन्दर गोल गरे । निर्णायक गोल गरेका सौजन म्यान अफ दी म्याच घोषित भए ।

खेलमा पहिलो हाफ संकटाले सुन्दर मौकाहरु गुमाएको थियो । दोस्रो हाफ भने पुलिसले आफ्नो नियन्त्रणमा लिएको थियो ।

पुलिसले अब उपाधिका लागि कात्तिक ९ गते शनिबार चितवन एघारासँग प्रतिस्पर्धा गर्नेछ । चितवनले यसअघि त्रिभुवन आर्मी क्लबलाई २–१ ले पराजित गर्दै फाइनलमा पुगिसकेको छ ।

प्रतियोगिताको विजेताले ६ लाख ६ हजार ६ सय ६६ रुपैयाँ, शिल्ड तथा उपविजेताले ३ लाख ३ हजार तीन सय ३३ रुपैयाँ पुरस्कार पाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment