+

पारसलाई क्रिकेट संघको पत्र : राजीनामाबारे जानकारी दिनुस्

२०७६ कात्तिक  ८ गते १४:११ २०७६ कात्तिक ८ गते १४:११
पारसलाई क्रिकेट संघको पत्र : राजीनामाबारे जानकारी दिनुस्

८ कात्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले नेपाली राष्ट्रिय क्रिकेट टिमका निर्वतमान कप्तान पारस खड्कालाई पत्र पठाउँदै राजीनामाबारे प्रस्ट पार्न आग्रह गरेको छ ।

खड्काले २८ असोजमा कप्तान पद छाड्ने घोषणा गरेका थिए । ३ कात्तिकमा बसेको क्रिकेट संघको बैठकमा यसबारे छलफल भए पनि कुनै निर्णय भएन । लिखित राजीनामा नआएको भन्दै पारससँग बुझ्ने क्यानको निर्णय थियो ।

त्यसअनुसार पारसलाई पत्र पठाइएको क्यानका महासचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए । उनले भने, ‘राजीनामाबारे सामाजिक सञ्जाल र मिडियाबाट थाहा पायौं । यो विषय के हो, यथार्थ जानकारी दिनुस् भनेर पत्र पठाएका छौं ।’

पारसको जवाफका आधारमा आगामी बैठकले नयाँ कप्तानबारे निर्णय गर्न सक्ने बताइएको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय