+
+
Shares

खुलामञ्चसँग जोडिएको सार्वजनिक जग्गा खाली गर्न निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ८ गते १८:३८

८ कात्तिक, काठमाडौं । गुठी संस्थानले काठमाडौं खुलामञ्चसँग जोडिएको सार्वजनिक जग्गा खाली गर्न निर्देशन दिएको छ । संस्थानले गुठी संस्थान काठमाडौं शाखा र अमृता भट्टराईबीच भएको सम्झौता खारेज गर्दै त्यहाँ निर्मित भौतिक संरचना भत्काउन निर्देशन दिएको हो ।

संस्थानसँग १५ हजार रुपैयाँमा भाडामा लिएर ३२ जनालाई भाडामा लगाइएको छ । दुई माजु गुठीको एक रोपनी भन्दा बढी जग्गा गैरकानूनी रुपमा व्यक्तिगत रुपमा प्रयोग भएपछि त्यसको विरोध भइरहेको छ ।

गुठी संस्थान काठमाडौंले तिहारलगत्तै मन्दिरको जग्गा खाली गर्ने आश्वासन दिएको छ । गुठी संस्थान, काठमाडौं महानगरपालिका र २८ नम्बर वडा कार्यालयको समेत संलग्नता जग्गाको अनधिकृत प्रयोग हुँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?