Comments Add Comment

साउथहृयाम्पटनको पोष्टमा लेस्टरको ९ गोल

९ कात्तिक, काठमाडौं । लेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा साउथहृयाम्पटनमाथि गोलको वर्षा गरेको छ ।

शुक्रबार राति भएको खेलमा लेस्टरले १० खेलाडीमा सिमित साउथहृयाम्पटनमाथि ९-० को फराकिलो जित हात पारेको हो । यससँगै उसले पि्रमियर लिगकै सबैभन्दा ठूलो जितको २४ वर्ष पुरानो रेकर्डसँग बराबरी खेलेका छन् ।

साउथहृयाम्पनको घरेलु मैदानमा भएको खेलमा लेस्टरका अयोजे पेरेज र जेमी भर्डीले हृयाटि्रक पुरा गरे ।

लेस्टरले अग्रता भने दशौं मिनेटमा चिलवेलको गोलबाट अग्रता लिएको थियो । दुई मिनेटपछि नै रायन बटर््रान्डले रातो पार्ड पाए र घरेलु टोली १० खेलाडीमा सिमित भयो । त्यसको फाइदा लेस्टरले उठायो । खेलको १७ औं मिनेटमा यारी टिलम्यान्सले गोल गरे ।

परेजले १९ र ३९ औं मिनेटमा गोल गरे । भर्डीले ४५ औं मिनेटमा गोलको खाता खोले । दोस्रो हाफमा पनि लेस्टर हावी भयो । ५७ औं मिनेटमा पेरेजले हृयाटि्रक पुरा गरे । एक मिनेटपछि नै भर्डीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ७-० को अग्रता दिलाए ।

खेलको ८५ औं मिनेटमा जेम्स म्याडिसनले गोल गरे भने इन्जुरी टाइममा भर्डीले हृयाटि्रक पुरा गरे ।

९-०को जितसँगै लेसटरले इंग्लिस शीर्ष लिगको १३१ वर्षको इतिहासमा सबैभन्दा ठूलो अवे जित निकाल्ने टिम बनेको छ । साथै साउथहृयाम्पटनको अहिलेसम्मकै ठुलो हार ।

पि्रमियर लिगमा २००३ मे पछि एकै खेलमा दुई खेलाडीले हृयाटि्रक गरेको पनि पहिलो पटक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment