Comments Add Comment

बायर्न बुन्डेस लिगाको शीर्ष स्थानमा

१० कात्तिक, काठमडौं । बायर्न म्युनिख बुन्डेस लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति भएको खेलमा बायर्न म्युनिखले युनियन बर्लिनलाई २–१ गोलअन्तरले पराजित गर्दै जर्मनीको बुन्डेस लिगाको शीर्ष स्थानमा पुगेको हो । बायर्नको जितमा बेन्जामिन पाभार्ड र रोबेर्ट लेवान्डोवस्कीले गोल गरे । युनियन बर्लिनका लागि भने सेबस्टाइन पोल्टरले गोल गरे ।

खेलको १३औं मिनेटमा बेन्जामिनले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । खेलको ५३औं मिनेटमा लेवान्डोवस्कीले गोल गर्दै बायर्नलाई २–० गोलको अग्रता दिलाए । तर खेलको ८६औं मिनेटमा पेनाल्टीबाट सेबस्टाइनले गोल गर्दै युनियनलाई २–१ गोलको स्थितिमा ल्याएका थिए ।

जितसँगै बायर्नले ९ खेलबाट १८ अंक बनाउँदै शीर्ष स्थान कायम गरेको हो । पराजित युनियन बर्लिनको ९ खेलबाट सात अंक बनाउँदै लिगको १५औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment