Comments Add Comment

साढे ६ करोडको लगानीमा तिलोत्तमामा कपडा उद्योग सञ्चालन

तिलोत्तमामा उत्पादित कपडा लण्डनमा बिक्री

१० कात्तिक, बुटवल । रुपन्देहीको तिलोत्तमामा पश्चिम क्षेत्रकै पहिलो उच्च प्रविधि जडित कपडा उद्योग सञ्चालनमा आएको छ ।  तिलोत्तमा नगरपालिका-३ का ५ जना युवाको साढे ६ करोडको संयुक्त लगानीमा लिडास फेसन निटवेयर उधोग सञ्चालन गरिएको हो ।

उद्योगमा प्रत्यक्ष रुपमा ७० जनाले रोजगारी पाएका छन् । विदेशमा १५ वर्ष बसेर स्वदेश आएका ईन्द्र खड्का अध्यक्ष रहेको उद्योगमा लक्ष्मण भण्डारी, डम्मर तिवारी, सुरेश भण्डारी तथा श्रवणकुमार अग्रहरीको संयुक्त लगानी रहेको छ ।

उद्योगको शनिबार प्रमुख सचेतक बालकृष्ण खाँणले एक कार्यक्रकाबीच उद्घाटन गरे ।  खाँणले कार्यक्रममा बोल्दै स्वदेशी उत्पादनलाई प्रात्साहन दिनको लागि स्वदेशी बस्तुको उपभोग गर्नु पर्ने बताए । तिलोत्तमा नगरपालिकामा लगानी गर्नको लागि लगानी कर्ता उत्सुक भएको उनले बताउँदै सरकारले सहज वातावरण सिर्जना गर्नु पर्ने बताए ।

तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले तिलोत्तमा लगानी सम्मेलनपछि नगरमा दर्जनौं उद्योगी लगानी गर्न उत्सुक रहेको बताए । भारत र चीनबाट समेत लगानी भित्रने उनले बताए ।

युवाहरुको लगानीमा सञ्चालनमा आएको प्रालिले लेडिजहरुको आवश्यक कपडाहरु सुपथ मुल्यमा उपलब्ध गराउँदै आएको प्रालिका अध्यक्ष इन्द्र खड्काले बताए ।

यहाँ उत्पादन भएको कपडा पोखरा, काठमाडौं र बेलायतमा समेत लैजाने गरेको उनले बताए ।लण्डनमा शाखा कार्यालय सञ्चालन गरी यहाँ उत्पादन भएका सामान बिक्री गरिने उनले बताए ।

माघदेखि सञ्चालनमा आएको उद्योगमा अहिलेसम्म ४५ हजार थान कपडा उत्पादन भएको छ ।

कम्पनीले, उलन, कटन तथा एक्रेलिक धोगोबाट उच्च प्रविधिको कम्प्युटराइज मेसिनबाट अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका उच्च गुणस्तरयुक्त कपडा उत्पादन गरेको छ ।

उद्योगले तिहारसँगै विदेशलाई लक्षित गरेर नेपाल भ्रमण वर्ष २०२० को लोगो अंकित कपडा समेत उत्पादन पनि सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment