+
+
Shares

लक्ष्मीपूजाको दिन किन यी आठ ठाउँमा बाल्नुपर्छ दियो ?

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १० गते ८:५५

तिहारको सबैभन्दा महत्वपूर्ण दिन अर्थात आज लक्ष्मी पूजाको दिन । आजको दिन माता लक्ष्मीको विशेष पूजा गरिन्छ । कतिपय घरहरुमा लक्ष्मी मातासंग-संग भगवान गणेशजीको पनि पूजा गरिन्छ । धार्मिक मान्यता के छ भने लक्ष्मी पूजाको राति माता लक्ष्मीले धर्तीको भ्रमण गर्छिन् अथवा चक्कर लगाउँछिन्, जसका कारण लक्ष्मीपूजाको राति मानिसहरुले आफ्नो घरको मुख्य ढोका खुल्लै राख्नु पर्छ, ताकि माता लक्ष्मी उनीहरुको घरमा प्रवेश गरेर सधैंका लागि उनीहरुकै घरमा विराजमान हुन् ।

पूजाका साथसाथै लक्ष्मी पूजाको राति दियो बाल्नु पनि शुभ मानिन्छ । लक्ष्मीपूजाको राति सबै मानिसहरुले घरमा दीयो त बाल्छन्, तर यदि तपाईंले आफ्नो घरमा सधैंकेा लागि सुख-शान्ति र वैभव चाहनु हुन्छ भने त्यसका लागि घरबाहेक अन्य विशेष स्थानमा पनि लक्ष्मीपूजाको राति दीयो बाल्नु पर्छ । कहाँ बाल्ने त दियो ?

पीपलको मुनि

लक्ष्मीपूजाको राती  गणेश-लक्ष्मीको पूजा गर्नुभन्दा पहिला पीपलको रुखको मुनि एउटा दीयो बाल्नु पर्छ । दीयो बालेपछि तपाईंले पछाडि फर्केर हेर्नु हुँदैन । लक्ष्मीपूजाको राति यसो गरेमा जीवनमा धनसंग सम्बन्धित समस्याहरुलाई सामना गर्नै पर्दैन भन्ने धार्मिक विश्वास छ ।

कुनै सुनसान स्थानमा

यदि तपाईंको घरको नजिक कुनै सुनसान स्थान छ भने लक्ष्मीपूजाको राती उक्त स्थानमा दियो बाल्नु पर्छ । त्यसो गर्नाले तपाईंको घरको सुख-शान्ति र रौनक सधैं बनिरहन्छ भन्ने धार्मिक विश्वास छ ।

घरको पूजा कोठामा

आफ्नो घरको पूजा कोठा अर्थात मन्दिरमा पनि दियो  बाल्नु पर्छ । उक्त दियो लक्ष्मीपूजाको रातभरी निभ्नु भने हुँदैन भनिन्छ ।

चौबाटोमा

घर नजिकै चौबाटोमा पनि लक्ष्मीपूजाको राति दियो बालि दिनु पर्छ । यसो गर्नाले जीवनमा पैसासँग सम्बन्धित समस्याहरु हल हुन्छन् । चौबाटोमा चार मुख भएको दियो बाल्नु पर्छ । यसो गर्नाले तपाईंले चारैतिरबाट राम्रा खबरहरु सुन्न पाउने धार्मिक विश्वास छ ।

बेलको रुखमुनि

लक्ष्मीपूजाको साँझ बेलको रुख मुनी दियो बाल्नाले भगवान शिवको कृपा तपाईंमाथि पर्नेछ भनिन्छ । महादेवको कृपाले तपाईंको जीवनका सबै समस्याहरु निकै चाँडै समाधान हुने विश्वास गरिन्छ ।

घरको मुख्य ढोकामा

लक्ष्मीपूजाको दिन घरको मुख्य ढोकाको दुबैतर्फ दियो बाल्नु पर्छ । यसो गर्नाले घरमा प्रवेश गर्ने नकारात्मक उर्जाको प्रभाव कम हुने धार्मिक विश्वास छ ।

घर नजिकैको मन्दिरमा

घरको नजिकै कुनै मन्दिर छ भने त्यहाँ पनि लक्ष्मीपूजाको राति दियो बालेर आउनु पर्छ । यसो गर्नाले तपाईंले एकै साथ धेरै देवि-देवताहरुको आशीर्वाद पाइने धार्मिक विश्वास छ ।

घरको आँगन

आफ्नो घरको आँगनमा पनि दियो बाल्नु पर्छ । यदि घरको आँगनमा तुलसीको मोठ छ भने त्यसको नजिकै दियो बाल्नु पर्छ । उक्त दियो पनि रातभरी बल्नु पर्छ भन्ने कुरामा विशेष ध्यान दिनु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?