Comments Add Comment

टोटनहृयाममाथि लिभरपुलको जित

Photo Credit : प्रिमियर लिग

११ कात्तिक, काठमाडौं । लिग लिडर लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा जित हात पारेको छ । आइतबार राति आफ्नै मैदानमा भएको खेलमा लिभरपुलले टोटनहृयामलाई २-१ गोलअन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा मोहम्मद सलाह र जोर्डन हेन्डरसनले गोल गरे । टोटनहृयामका लागि भने हृयारी केनले गोल गरे ।

खेलको पहिलो मिनेटमा नै हृयारी केनले गोल गर्दै टोटनहृयामलाई अग्रता दिलाएका थिए । पहिलो हाफसम्म १-० गोलअन्तरले पछि परेको घरेलु टोली लिभरपुलले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गर्न सफल भयो ।

खेलको ५२औं मिनेटमा हेन्डरसनले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरी दिलाएका थिए । खेलको ७५औं मिनेटमा लिभरपुलले पाएको पेनाल्टीको सदुपयोग गर्दै सलाहले गोल गरे । योसँगै लिभरपुल २-१ गोलन्तरले अघि रह्यो । बाँकी समयमा दुवै टिमले गोल गर्न नसकेपछि लिभरपुलले जित हात पारेको हो ।

१० खेलबाट २८ अंक जोडेको लिभरपुल लिगको शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २२ अंक छ । टोटनहृयाम भने लिगको ११औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment