Comments Add Comment

स्टार्कले श्रीलंकाविरुद्धको दोस्रो खेल नखेल्ने

१२ कात्तिक, काठमाडौं । श्रीलंकाविरुद्धको दोस्रो टी–२० क्रिकेट खेल अष्ट्रेलियाका बलर मिचेल स्टार्कले गुमाउने भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) का अनुसार व्यक्तिगत कारण देखाउँदै स्टार्कले दोस्रो खेल नखेल्ने भएका हुन् । आफ्नो भाइ ब्राण्डनको विहेमा व्यस्त हुने हुँदा श्रीलंकाविरुद्धको दोस्रो खेल नखेल्ने भएका हुन् । अष्ट्रेलियाले यही बुधबार श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।

यससअघि भएको पहिलो खेलमा अष्ट्रेलियाले श्रीलंकालाई १३४ रनले पराजित गरेको थियो । अष्ट्रेलियाका लागि स्टार्कले चार ओभरमा १८ रन खर्चिंदै दुई विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment