Comments Add Comment

सकिबमाथि आईसीसीले थाल्यो छानविन

१२ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले बंगलादेशका टेष्ट र टी-२० कप्तान सकिब अल असनमाथि छानबिन थालेको छ ।

सट्टेबजहरुले प्रस्तावबारे जानकारी नदिएको विषयमा उनीमाथि छानबिन थालिएको हो । तर उनीमाथि आरोप नलगाइएको बताइएको छ ।

सकिबले पछिल्लो केही ट्रेनिङ गुमाएका छन् र, बंगालादेश क्रिकेट बोर्डले उनको अनुस्थितिबारे केही बताएको छैन । आईसीसी र एन्टी करप्सन युनिट (एसीयू)ले पनि यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।

सकिबमाथि यस्तो बेला छानविन भइरहेको छ, जतिबेला उनले क्रिकेटरहरुको आन्दोलनको अगुवाई गरे । खेलाडीहरुको अधिकांश माग पूरा गर्ने क्रिकेट बोर्डको आश्वासनपछि हड्ताल भने अन्त्य भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment