Comments Add Comment

पहिलो पटक छठ पूजाको व्रत बस्दै हुनुहुन्छ ?

यदि तपाईं पहिलो पटक व्रत बस्दै हुनुहुन्छ भने तपाईंलाई छठ पूजा सामग्रीका बरोमा जानकारी हुनु पर्छ । छठ पूजाका लागि आवश्यक पर्ने सामग्रीहरु के के हुन् त ?

सूर्य तथा छठ माताको उपासनाको महापर्व अर्थात छठ  प्रारम्भ हुँदैछ । सन्तान प्राप्ति तथा सन्तानको मंगलकामनाको यो व्रत राख्नका लागि थुप्रै दिन अघिदेखि तयारीहरु थाल्नु पर्छ । जसरी हरेक व्रतका लागि विशेष पूजा सामग्रीको आवश्यकता पर्दछ, ठिक त्यसै गरी छठ पूजाका लागि पनि विशेष पूजा सामग्रीको आवश्यकता पर्दछ ।

यदि तपाईं पहिलो पटक छठको व्रत बस्न लाग्नु भएको छ भने तपाईंलाई छठ पूजाका सामग्रीहरुको बारेमा जानकारी हुनै पर्छ । यदि तपाइर्ंलाई त्यसका बारेमा जानकारी छैन भने पनि चिन्ता लिनु पर्दन । हामी तपाईलाई छठ पूजामा कुन-कुन बस्तुहरुको आवश्यकता पर्दछ भन्ने कुराको जानकारी गराउँदै छौं । छठको व्रत बस्नुअघि नै ती सामग्रीहरुको व्यवस्था गर्नु भयो भने तपाईंलाई निकै सुविधा हुनेछ ।

छठ पूजा सामग्री 

१.आफ्नो लागि नयाँ वस्त्र जस्तै सलवार-कुर्ता, साडी अथवा पुरुषहरुका लागि कुर्ता-पाइजामा अथवा उनीहरुलाई जे सुविधाजनक हुन्छ त्यही ।

२. छठ पूजाको प्रसाद राख्नका लागि बाँसका दुई ठूला भाँडाहरु किन्नु पर्छ ।

३. सूप, यो बाँस अथवा पित्तलको हुन सक्छ ।

४. दूध तथा जलका लागि एउटा गिलास, एउटा लोटा तथा थाली ।

५. ५ वटा उखू, जसमा पातहरु हुनु पर्दछ ।

६. पानी भएको नरिवल ।

७. चामल, सिन्दुर, दीयो तथा कातेको बत्ती ।

८. बेसार, मूला तथा अदुवाको हरियो बिरुवा ।

९. ठूलो आकारको निबुवाल, शरीफा, केरा तथा नासपती ।

१०. शखरखण्ड अथवा सुठुनी ।

११. पान तथा सिंगो सुपारी ।

१२. मह

१३. सिन्दुर, चन्द्रन, अगरबत्ती तथा कपूर ।

१४. मिठाइ

१५. शख्खर, गहुँ अथवा चामलको पिठो ।

शख्खर तथा गहुँको पिठाबाट बनेको ठेकुवा छठ पूजाको सबैभन्दा महत्वपूर्ण प्रसाद हो । त्यसबिना छठ पूजा नै अधूरो मानिन्छ । प्रसादको रुपमा चामलको पिठोबाट बनेको लड्डू (जसलाई कसार पनि भनिन्छ) पनि चढान्छ ।

बाँसको भाँडामा पूजाका सामग्रीहरु राखेर घरका पुरुषले त्यसलाई आफ्नो टाउकोमा राखेर नजिककैको घाटसम्म पुर्‍याउनु पर्छ । पूजामा उखुको व्यवस्था गर्नै पर्छ । त्यसको आवश्यकता अर्घ दिने बेलामा पर्दछ । पूजाको क्रममा के कुरामा ध्यान दिनु पर्छ भने कुनै पनि सामग्री जूठो नहोस् । छठ पूजामा चोखो तथा सफा सामग्रीमात्र प्रयोग गर्नु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment