Comments Add Comment

छठमा जनकपुरधामबाट नेपाल भ्रमण वर्षको प्रचार

१३ कात्तिक, जनकपुरधाम । केन्द्र र प्रदेश सरकार मिलेर जनकपुरबाट नेपला भ्रमण वर्ष २०२० को प्रचार सुरु गर्ने भएका छन् । छठ पर्वको अवसरमा भोलि बिहीबार शुभकामना आदान प्रदान तथा भ्रमण वर्ष प्रवर्द्धन कार्यक्रम राखिएको छ ।

पवित्र धार्मिक सांस्कृतिक स्थलबाट भ्रमण वर्षको प्रवर्द्धन कार्यक्रम थालनी गर्न लागिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताए । बुधबार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री भट्टराईले भने, यो कार्यक्रमको उद्देश्य भ्रमण वर्ष २०२० लाई जनकपुर र प्रदेश नम्बर २ मा प्रवर्द्धन गर्ने र देशभरका मानिसहरुलाई पनि सन्देश दिनु हो ।’

भोलि जनकपुरस्थित तिरहुतिया गाछीमा दिउँसो १ देखि ४ बजेसम्म कार्यक्रम राखिएको छ ।

जनकपुरधाम घुम्न आउने पर्यटकहरुको बसाई लम्ब्याउन वातावरण बनाउनुपर्नेमा उनले जोड दिए । निर्माणधीन जनकपुर विमानस्थलको टर्मिनल भवनको काम २३ महिनामा पूरा भएर सञ्चालनमा ल्याउने समेत उनले बताए ।

प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायले प्रदेश २ मा भ्रमण वर्ष मनाउन संघीय सरकारले देखाएको तदारुकदा स्वागत योग्य भएको बताए ।

तर प्राविधिक तयारी गर्न नसक्नु कमजोरी भएको बताए । संघीय सरकारले मन्त्रालयका सचिवलाई स्थायी रुपमा बस्न नदिँदा पनि समस्या भएको मन्त्री रायले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment