Comments Add Comment

केकी–रीमा र ऋचाको सहकार्य

हुनत, चलचित्र बजारमा नायिकात्रय केकी अधिकारी, रीमा विश्वकर्मा र बेनिशा हमालको मित्रताको चर्चा हुन्छ । तर, चलचित्रकर्मीको छनोटमा भने केकी र ऋचा बढी परेका छन् । रीमा र वेनिशाको करिअर चलचित्र बजारमा सुखद छैन ।

असफल चलचित्र दिएपनि केकी र ऋचालाई चलचित्रको अभाव भने छैन । चलचित्र बजारमा केकी, बेनिशा र रीमाको चर्चा भएपनि चलचित्रमा काम गर्ने कुरामा भने यी तिन साथी अलग देखिएका छन् ।

नायिका केकी अधिकारीले निर्माण गरेको चलचित्रमा ऋचा शर्मा मुख्य नायिका थिइन् । नायिका रीमा विश्वकर्मालाई दर्शकले एउटा गीतमा भएपनि हेर्न पाए । धेरैको अपेक्षा बेनिशा हमाल पनि चलचित्रमा हुन्छिन् भन्ने थियो, तर त्यसो भएन । केकी, रीमा र ऋचा पर्दामा देखिए ।

केकी अधिकार नै निर्माता रहेको ‘कमेडी च्याम्पिएन’ नामक रियालिटी शोमा पनि तीन नायिका देखिएका छन् । केकी निर्माता, ऋचा निर्णायक र रीमा कार्यक्रम संचालिकाको रुपमा यो शोमा छन् ।
सन्तोष पन्तका छोरा साकार पन्तले निर्देशन गर्न लागेको चलचित्र ‘हिजो आजका कुरा’को मुख्य तीन नायिका पनि केकी अधिकारी, ऋचा शर्मा र रीमा विश्वकर्मा नै हुन् । यी तिन नायिका एकसाथ अगाडि बढिरहेका छन् ।

यसैले, अहिले केकी, रीमा र बेनिशाको भन्दा केकी, रीमा र ऋचाको मित्रताको चर्चा हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment